Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

बीरगन्जमा गणतन्त्रको पक्षद्धारा एमालेको शक्ति प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२० चैत । गणतन्त्रको समर्थनमा नेकपा एमालेले बुधबार वीरगञ्जमा बृहत् मोटरसाइकल र्‍याली निकाल्दै शक्ति प्रदर्शन गरेको छ। पछिल्लो समय राजावादीहरूको सक्रियता बढ्दै गएको भन्दै एमालेले सडकबाट प्रतिकार गर्ने संकेत दिएको छ।

बीरगन्को पावरहाउस चोकबाट सुरु भएको मोटरसाइकल र्‍याली मुर्ली, घण्टाघर, रेल्वेरोड, छपकैया हुँदै आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजराले राजावादीहरू पुनः सक्रिय हुन थालेको भन्दै तिनीहरूलाई खबरदारी गर्न आवश्यक रहेको बताए।

“पहिले राजतन्त्र हुँदा दरबारमा पुगेर हड्डी चुस्न पल्किएका मुठ्ठीभर तत्वहरू अहिले फेरि राजतन्त्र फर्काउने सपना देखिरहेका छन्,” हजराले भने, “पूर्वराजालाई चेतावनी दिन चाहन्छु, सावधान होऊ। यदि धेरै चुर्पफुर गर्‍यौ भने नेपाली जनताले तिमीलाई सडकमा ल्याएर भकुण्डो खेलाए जस्तै खेल्नेछन्।”

प्रतिनिधि सभा सदस्यसमेत रहेका हजराले नेपाली जनता गणतन्त्रको पक्षमा दृढ रहेको भन्दै राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको दाबी गरे।

एमाले केन्द्रीय सल्लाहकार जालिम मियाँले पनि राजावादीलाई समयमै सचेत रहन चेतावनी दिए। “जनताले नारायणहिटीबाट लखेटेर निर्मल निवास पुर्‍याइसकेका छन्। अब त्यहाँबाट पनि लखेट्न दिन नआओस्,” मियाँले भने।

कोणसभामा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा एमाले नेता एवं संविधानसभा सदस्य विचारी यादव लगायतका नेताहरूले सम्बोधन गरेका थिए।

एमालेका जिल्ला सचिव महेश दासका अनुसार पार्टीले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

ताजा समाचार

थप समाचार