Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जमा गणतन्त्रको पक्षद्धारा एमालेको शक्ति प्रदर्शन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२० चैत । गणतन्त्रको समर्थनमा नेकपा एमालेले बुधबार वीरगञ्जमा बृहत् मोटरसाइकल र्‍याली निकाल्दै शक्ति प्रदर्शन गरेको छ। पछिल्लो समय राजावादीहरूको सक्रियता बढ्दै गएको भन्दै एमालेले सडकबाट प्रतिकार गर्ने संकेत दिएको छ।

- Advertisement -

बीरगन्को पावरहाउस चोकबाट सुरु भएको मोटरसाइकल र्‍याली मुर्ली, घण्टाघर, रेल्वेरोड, छपकैया हुँदै आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजराले राजावादीहरू पुनः सक्रिय हुन थालेको भन्दै तिनीहरूलाई खबरदारी गर्न आवश्यक रहेको बताए।

- Advertisement -

“पहिले राजतन्त्र हुँदा दरबारमा पुगेर हड्डी चुस्न पल्किएका मुठ्ठीभर तत्वहरू अहिले फेरि राजतन्त्र फर्काउने सपना देखिरहेका छन्,” हजराले भने, “पूर्वराजालाई चेतावनी दिन चाहन्छु, सावधान होऊ। यदि धेरै चुर्पफुर गर्‍यौ भने नेपाली जनताले तिमीलाई सडकमा ल्याएर भकुण्डो खेलाए जस्तै खेल्नेछन्।”

प्रतिनिधि सभा सदस्यसमेत रहेका हजराले नेपाली जनता गणतन्त्रको पक्षमा दृढ रहेको भन्दै राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको दाबी गरे।

एमाले केन्द्रीय सल्लाहकार जालिम मियाँले पनि राजावादीलाई समयमै सचेत रहन चेतावनी दिए। “जनताले नारायणहिटीबाट लखेटेर निर्मल निवास पुर्‍याइसकेका छन्। अब त्यहाँबाट पनि लखेट्न दिन नआओस्,” मियाँले भने।

कोणसभामा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा एमाले नेता एवं संविधानसभा सदस्य विचारी यादव लगायतका नेताहरूले सम्बोधन गरेका थिए।

एमालेका जिल्ला सचिव महेश दासका अनुसार पार्टीले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

ताजा समाचार

spot_img

थप समाचार