काठमाडौं, २१ चैत्र । प्रहरीले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा आन्दोलनकारीलाई उत्तेजित बनाएको आरोप लागेका दुर्गा प्रसाईंलाई त्यहीँबाट पक्राउ गर्न नसकिएको जनाएको छ।


प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले तीनकुने घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने, “कार्यक्रमस्थलमा ठूलो भिड भएकाले दुर्गा प्रसाईंलाई तत्काल पक्राउ गर्न सम्भव भएन।”
उनका अनुसार प्रसाईंको खोजी जारी छ, र केही दिनमै पक्राउ गर्ने विश्वास प्रहरीले लिएको छ।

चैत १५ गते राजावादी आन्दोलनका क्रममा प्रसाईंले आफैंले चलाएको गाडी मीनभवन क्षेत्रमा प्रहरीमाथि चढाउने प्रयास गरेका थिए। यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।