Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

मन्त्रालयद्वारा १७ करोड लगानीमा यातायात पूर्वाधार विकास

spot_img

काठमाडौँ, २१ चैत्र । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब १७ करोड रुपैयाँको लागतमा १६ वटा यातायात पूर्वाधार विकास योजना सञ्चालनमा ल्याएको छ। मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत दुई झोलुङ्गे पुल र नौ वटा सडक तथा सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत तीन वटा सडक योजनाहरू विभिन्न निर्माण कम्पनीहरूसँग १५ करोड १७ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी कार्यान्वयनमा ल्याइएको हो।द

यस योजनाअन्तर्गत धवलागिरी गाउँपालिकाको मराङखोला (३६५ मिटर) र दरखोला (३५५ मिटर) झोलुङ्गे पुल निर्माणका लागि ४ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। म्याग्दी नदीमा २५० मिटर लामो अर्को झोलुङ्गे पुल निर्माणका लागि ६० लाख रुपैयाँ बजेट छुट्याइएको छ। यसैगरी, मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला सडक स्तरोन्नति योजनामा १ करोड ३ लाख रुपैयाँ र कुहुँ–टोड्के–झिँ सडक स्तरोन्नतिमा ६५ लाख रुपैयाँ खर्च हुने भएको छ।

बेनी नगरपालिकामा सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ३ करोड १९ लाख रुपैयाँ लागतमा बेनी चक्रपथ सडक ढलान कार्य अघि बढाइएको छ। साथै, बागलुङ अस्पतालको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सहरी विकास मन्त्रालयले यातायात पूर्वाधार सुधारमार्फत ग्रामीण भेगमा पहुँच विस्तार, बसाइँसराइ न्यूनीकरण तथा स्थानीय आर्थिक विकास प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

यद्यपि, केही योजनाहरू बजेट स्वीकृतिको पर्खाइमा रहेका छन्। लुलाङ–गुर्जा सडक सुधारका लागि १ करोड रुपैयाँको बजेट विनियोजन भए पनि ठेक्का प्रक्रियामा रहेको छ। त्यस्तै, म्याग्दी नदीमा मोटरेबल पुल निर्माणका लागि प्रस्तावित ५० लाख रुपैयाँ बजेट अर्थ मन्त्रालयबाट स्वीकृति नपाएको मन्त्रालयले जनाएको छ। सहरी विकास मन्त्रालयले सम्बन्धित निकायलाई ठेक्का प्रक्रियालाई छिटो टुंग्याउन र पूर्वाधार निर्माण तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय