काठमाडाैं, २१ चैत्र । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ। बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा, विश्व बैंकले गत वर्षको बाढीपहिरोले नेपालको अर्थतन्त्रमा असर गरे पनि सरकारको पुनःउत्थानको प्रयासले आर्थिक वृद्धिदर हासिल गर्न मद्दत पुर्याउने बताएको छ।
- Advertisement -



नेपाल सरकारको प्रक्षेपणअनुसार चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६ प्रतिशतले वृद्धि हुनेछ। विश्व बैंकले आगामी दुई वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने अनुमान पनि गरेको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि भएको थियो।