काठमाडौं, २१ चैत । ललितपुरको कुमारीपाटी–जावलाखेलमा यस शुक्रवारदेखि चैत २३ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ। यस महोत्सवको उद्देश्य स्थानीय कला र संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन, र सांस्कृतिक विविधताको प्रदर्शनी गर्नु हो। महोत्सवको आयोजनामा कुमारीपाटी जावलाखेल विकास संस्था र ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोग रहेको छ।
यस महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आथित्यतामा शुक्रबार दिउँसो १ बजे हुनेछ। महोत्सवको मुख्य आकर्षण भनेको सडकको दायाँबाँया विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय परिकारहरूको प्रदर्शनी र विभिन्न जातजातिका वेषभूषा प्रदर्शन हुनेछ। यसका साथै रातो मच्छिन्द्रनाथको रथको पाङ्ग्रा र अन्य मूर्तिहरू पनि प्रदर्शनीमा राखिनेछन्।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा सांगीतिक प्रस्तुतिहरू पनि हुनेछन्, जसले साङ्गीतिक र सांस्कृतिक वातावरण थप्नेछ। महोत्सवमा करिब ५ लाख दर्शकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। सुरक्षा व्यवस्थासहित सवारीसाधनको पार्किङ व्यवस्था पनि गरिने भएको छ।
यस महोत्सवको आयोजनामा २०७१ सालमा पहिलो पटक आयोजना गरिएको महोत्सवले धेरै सफलताहरू हासिल गरेको थियो, र अहिले दोस्रो पटक यस महोत्सवको आयोजना दुई दिनका लागि गरिएको हो।




