Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

हेटौंडा सिमेन्ट उद्योग भोलीदेखि पुनः सञ्चालनमा आउने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मकवानपुर,२२ चैत । हेटौंडा सिमेन्ट उद्योग अब भोलीदेखि पुनः नियमित रूपमा सञ्चालनमा आउने भएको छ। आर्थिक कठिनाइ र अघोषित लोडसेडिङका कारण लामो समयदेखि बन्द रहेको यो उद्योग अब विद्युत् आपूर्ति नियमित भएपछि सञ्चालनमा ल्याउन तयार गरिएको हो।

- Advertisement -

उद्योगका निमित्त महाप्रबन्धक नविन कर्णका अनुसार,भोलीबाट उद्योगको किलमा फायर गरिने तयारी भइरहेको छ। यसअघि मंसिरदेखि नेपाल विद्युत् प्राधिकरणले दैनिक ६ घण्टा लोडसेडिङ गरेपछि उद्योग सञ्चालन गर्न कठिनाइ भइरहेको थियो। अब विद्युत् आपूर्ति नियमित भएसँगै उद्योग पुनः चल्न लागेको उनले बताए।

हेटौंडा सिमेन्ट उद्योग गत असोजमा उपकरणमा समस्या आउनुका साथै लोडसेडिङका कारण बन्द गरिएको थियो। तिहारमा मर्मत कार्य सम्पन्न भए पनि विद्युत् आपूर्ति अनियमित हुँदा उद्योग सञ्चालन गर्न सकिएको थिएन।

- Advertisement -

नवीन कर्णले भने, “विद्युत् आपूर्ति नियमित भएपछि अब उद्योग बन्द हुने छैन र नियमित चल्नेछ।” यस बीचमा उद्योगको मौज्दात रहेको करिब १ लाख ५० हजार बोरा सिमेन्ट बेचेर केही समयको लागि कर्मचारी र मजदुरको तलब भुक्तानी गरिएको थियो। उनले यो समायोजन गर्दै अब तलब पनि उपलब्ध गराइने दाबी गरे।

हेटौंडा सिमेन्ट उद्योगको सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पनि भारतीय विद्युत् आपूर्तिको नियमितता पछि उद्योग सञ्चालनको तयारी गरिएको जानकारी दिए। भारतबाट ४०६ मेगावाट विद्युत् नेपालमा आउने भएपछि औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य भएको छ।

अघिल्लो आर्थिक वर्षमा हेटौंडा सिमेन्ट उद्योगले मात्र २६ दिन सञ्चालन गरेको थियो। सरकारले केही समय अघि यस उद्योगको निजीकरणको सिफारिस गरेको थियो, तर अहिलेसम्म यो निर्णय कार्यान्वयन भएको छैन।

ताजा समाचार

spot_img

थप समाचार