Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

मधेस सरकारले आगामी वर्षमा १२ अर्ब ३५ करोड राजस्व पाउने

spot_img

जनकपुर,२२ चैत । मधेस सरकारलाई आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ठूलो रकम राजस्व बाँडफाँट बापत प्राप्त हुनेछ। सरकारले ७८ अर्ब रुपैयाँको कुल राजस्व बाँडफाँट गरेको छ, जसमा मधेस प्रदेश दोस्रो ठूलो भागीदार हुने अनुमान गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार, मधेस प्रदेशलाई आगामी वर्षमा १२ अर्ब ३५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसैगरी, पहिलो नम्बरमा कोशी प्रदेशले १२ अर्ब ३९ करोड पाउने अनुमान गरिएको छ ।

त्यस्तै, बागमती प्रदेशले ११ अर्ब ५२ करोड, गण्डकी प्रदेशले ९ अर्ब ७९ करोड, लुम्बिनी प्रदेशले ११ अर्ब ८६ करोड, कर्णालीले १० अर्ब २७ करोड र सुदूरपश्चिम प्रदेशले ९ अर्ब ८७ करोड राजस्व बाँडफाँटको रकम पाउने अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

कुल मिलाएर, सरकारले आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारलाई ७८ अर्ब ५ करोड ५० लाख रुपैयाँ राजस्व बाँडफाँट बापत उपलब्ध गराउने निर्णय गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय