Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

नक्कली प्रहरी बनेर धम्की दिने युवक लागुऔषधसहित पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२२ चैत । नेपाल प्रहरीको अधिकृत भएको नक्कली परिचय दिँदै होटल सञ्चालकलाई धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका युवकको साथबाट लागुऔषध समेत बरामद गरिएको छ।

सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा बुधबार साँझ करिब पाँच बजे एक व्यक्तिले आफू नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको भन्दै होटल सञ्चालकलाई डरधम्की दिइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोली तत्काल घटनास्थल पुगेको थियो।

प्रहरीले अनुसन्धान गर्दा ती व्यक्ति सर्लाहीको हरिवन नगरपालिका–६ का २९ वर्षीय अनुक्रम खरेल भएको खुल्न आएको छ। नेपाल प्रहरीसँग कुनै सम्बन्ध नभएको पुष्टि भएपछि प्रहरीले उनको शरीर खानतलासी गर्दा स्पास्मो प्रोक्सिभनका ३ पत्ता (२४ ट्याबलेट) लागुऔषध बरामद गरेको छ।

हाल खरेललाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ताजा समाचार

थप समाचार