Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

जनमत पार्टीका उपाध्यक्ष साह ६ महिनाका लागि निलम्बन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२२ चैत । जनमत पार्टीले आफ्ना उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक दीपककुमार साहलाई पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै ६ महिनाका लागि निलम्बन गरेको छ।

- Advertisement -

पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनु अघि महोत्तरीको बर्दिबासमा साहलाई सात दिनभित्र स्पष्टीकरण दिन भन्दै पत्र काटिएको थियो। तर, उनले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको जनाउँदै पार्टीले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो।

निलम्बनको पुष्टि गर्दै साहले भने, “पार्टीले मलाई ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिएको छ।”

- Advertisement -

पार्टीभित्र आफूले जिम्मेवारी अनुसारको भूमिका नखेलेको, अध्यक्ष सीके राउतविरुद्ध गतिविधि गरेको लगायतका आरोप उनीमाथि लगाइएको छ। तर साहले भने ती सबै आरोपको प्रमाण माग्दै आफ्नो स्पष्टीकरण बुझाएको दाबी गरेका छन्।

साहको निलम्बनलाई लिएर जनमत पार्टीभित्रको आन्तरिक कलह अझै चुलिन सक्ने देखिएको छ।

ताजा समाचार

spot_img

थप समाचार