Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

पर्सामा अवैध सुपारी आयात र निकासीको खुलासा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२२ चैत । बीरगन्जस्थित गणपति एग्रो प्रोडक्ट्स प्रा.लि. नामक उद्योगले उद्योगको नाममा सुपारी आयात गरेर भारततर्फ अवैध रूपले निकासी गर्दै आएको खुलासा भएको छ। पछिल्लो एक वर्षमा यस उद्योगले ‘सच्चा मोती’ नामक ब्राण्डको आकर्षक प्याकेटमा सुपारी आयात गरेको र त्यसलाई भारत पठाएको समाचार स्रोतले जनाएको छ।

गणपति एग्रो प्रोडक्ट्स प्रा.लिले आफ्नो उद्योगको नाममा ठूलो लगानी भएको भनी सुपारी आयातको स्वीकृति लिएपछि हजारौं टन सुपारी आयात गरेको भए पनि, बजारमा यस ब्राण्डको सुपारी कतै उपलब्ध छैन। व्यवसायीहरूका अनुसार, ‘सच्चा मोती’ सादा काटेको सुपारी प्याकेटमा देखाइन्छ, तर यसका बारेमा बजारमा कुनै जानकारी छैन।

आयात गरिएको सुपारीको कुनै पनि कागजात वा प्रमाण फेला नपरेको र बजारमा पनि यस्तो सुपारी नपाइने कुरा पुष्टि भएको छ। यसरी अवैध रूपमा सुपारी आयात गरेर विदेश पठाउने कार्यले राज्यको राजस्वमा ठूलो क्षति पुर्याउने खतरा उत्पन्न गरेको छ।

यस घटनामा संलग्न व्यक्ति तथा संस्था विरुद्ध अनुसन्धान सुरु गरिएको छ, र आवश्यक कानूनी कारबाही अघि बढाउने तयारी गरिएको छ।

ताजा समाचार

थप समाचार