Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

तेक्वान्दो प्रशिक्षणमा अवरोध : तेक्वान्दो प्रशिक्षक महमद सकिललाई जिखेबिस, पर्साका कार्यालय प्रमुख तथा तेक्वान्दो प्रशिक्षक नाजिर हुसेनको हस्तक्षेप

spot_img

बिरगंज, पर्सा – राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत पर्सा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा सन् १९९३ (वि.सं. २०५०) देखि स्थापित बिरगंज तेक्वान्दो डोजाङ अहिले विवादमा परेको छ।

तेक्वान्दो प्रशिक्षक महमद सकिलले नेपाल तेक्वान्दो संघ, काठमाडौंमा डोजाङ दर्ता गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गर्दै आइरहेका छन्। हाल उनका १२० जना भन्दा बढी खेलाडी राष्ट्रिय, अन्तर्राष्ट्रिय र प्रदेशस्तरका प्रतियोगितामा सहभागी छन्।

तर, हालका कार्यालय प्रमुख तेक्वान्दो गुरु नाजिर हुसेनले महमद सकिललाई प्रशिक्षण गराउन अवरोध गरिरहेको आरोप लागेको छ। नाजिर हुसेनको प्रशिक्षण गराउने कार्यक्षेत्र नारायणी रंगशालाको कभर्ड हल भए पनि उनी सकिल गुरुको प्रशिक्षण स्थल घडीअरवा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा प्रशिक्षण गराउन पुगेका थिए। यसले प्रशिक्षणमा गम्भीर समस्या सिर्जना गरेको छ।

यस विवादका कारण मगलबार १९ गते जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षबीच छलफल भएको थियो। प्रहरी प्रशासनले राष्ट्रिय खेलकुद परिषद् बाट पत्र ल्याएर आउने सोमबार २५ गते समस्या समाधान गर्न सुझाएको थियो। तर, छलफलको केही दिनमै नाजिर हुसेनले नारायणी रंगशालाको डोजो क्लब बन्द गरी घडीअरवा पुगेर प्रशिक्षण गराउन थालेपछि स्थिति तनावग्रस्त बन्यो।

आजको घटनाका कारण खेलाडीहरू निर्धारित समयमा प्रशिक्षणबाट बञ्चित भए। पछि खेलाडीहरू सहित जिल्ला प्रहरी कार्यालय पुगेका प्रशिक्षक महमद सकिललाई सोमबार पुन: छलफल गरी समाधान गर्ने आश्वासन प्रहरी प्रशासनले दिएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडी उत्पादन गर्दै आएका प्रशिक्षक सकिललाई प्रशिक्षण कार्यमा अवरोध पुर्‍याइनु चिन्ताको विषय भएको खेलाडी, अभिभावक तथा खेल प्रेमीहरू बताउँछन्। राष्ट्रिय खेलकुद परिषद्ले यस विषयमा छिट्टै हस्तक्षेप गरी समस्या समाधान गर्नुपर्ने माग उठेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय