वीरेन्द्रनगर,२३ चैत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित बुलबुले टोलमा आज बिहान गोली चलाइएको घटना बाहिर आएको छ। स्थानीय युवराज रिजालको घरमा गोली प्रहार गरिएको बताइएको छ, जसले घरको छाना छेडेर कोठाभित्र प्रवेश गरेको थियो।


घटनाको सम्बन्धमा अनुसन्धान प्रक्रिया शुरु भएको छ, तर हालसम्म कसले र किन गोली चलाएको हो भन्ने बारेमा कुनै स्पष्ट जानकारी प्राप्त भएको छैन।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माका अनुसार, घटनाको सबै पक्षको छानबिन भइरहेको छ।