काठमाडौँ, २३ चैत्र । अन्नपूर्ण क्षेत्रमा हिमपहिरोमा परेर हराएका एक चिनियाँ पर्यटकको शव १२ दिनपछि फेला परेको छ।


चैत ११ गते अन्नपूर्ण गाउँपालिका–११, देउरालीस्थित चुम्रुङमा आएको हिमपहिरोपछि बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई चेङ युवान को शव शनिबार मादि नदी किनार नजिकै फेला परेको हो।
प्रहरीको विशेष उद्धार टोलीले देउराली चुम्रुङ नजिकैको मादि नदी किनारबाट लगभग २० मिटर उत्तरतर्फ झोला बोकेको र घोप्टो परेको अवस्थामा शव फेला पारेको हो।
कालिका गणका अनुसार शव बिहान ११ः२० बजे घटनास्थलबाट सुरक्षितरूपमा बाहिर निकालिएको छ।

घटनापछि नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी गरिएको भए पनि सफल नभएपछि चैत १६ गतेबाट कालिका गणका सहायक निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा विशेष उद्धार टोली खटाइएको थियो। टोलीले निरन्तर खोजी कार्यपछि शव फेला पारेको जानकारी दिएको छ।