Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

तुलसीपुरको कक्षा ८ को नतिजा: ३३ प्रतिशत उत्तीर्ण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दाङ,२३ चैत । दाङको तुलसीपुरका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर देखिएको छ। कक्षा आठको नतिजा प्रकाशनले तुलसीपुरको आधारभूत तहको शैक्षिक गुणस्तर निराशाजनक देखिएको हो।

नतिजा निराशाजनक देखिएपछि सामुदायिक विद्यालय, स्थानीय सरकार तथा शिक्षकको आलोचना तीव्र रूपमा बढेको छ। तुलसीपुरमा उत्तीर्ण प्रतिशत ३३ रहेको छ।

तुलसीपुरमा आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा उत्तीर्ण प्रतिशत शून्य देखिएको छ। चार विद्यालयमा भने एक/एक जना मात्र उत्तीर्ण भएका छन्।

तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले सार्वजनिक गरेको नतिजा अनुसार वडा नं ३ मा रहेको मावि प्रतापकोट, वडा नं. १८ मा रहेको माध्यमिक विद्यालय बेल्झुण्डी, र वडा नं. १० को जनजागृति मावि पातुवनगाउँबाट सहभागी सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्।

मावि प्रतापकोटमा १९, मावि बेल्झुण्डीमा १५ र जनजागृति माविमा २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। चारवटा विद्यालयमा १/१ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। ती विद्यालयहरूमा सृजनशील आधारभूत विद्यालय छोटे, जनता संस्कृत मावि बिजौरी, मावि भित्री संक्राम र आधारभूत विद्यालय लोहाडबरा खौसापुर रहेका छन्।

सिर्जनशील आविबाट ३१, जनता संस्कृत माविबाट ६६, मावि भित्री संक्रामबाट २४ र मावि लोहाडबराबाट १३ जना विद्यार्थीले परीक्षा दिएका थिए। तर, ती सबै विद्यालयबाट एक/एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। यस्तै सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण हुने पशुपति मावि हरिपौरी रहेको छ। यस वर्ष विद्यालयबाट ७२ जना विद्यार्थी सहभागी भएकोमा ६८ (९४.४४%) विद्यार्थी उत्तीर्ण भएका हुन।

उपमहानगरपालिकाले चैत ३ गतेदेखि सञ्चालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षा चैत ९ गते सम्पन्न भएको थियो। कक्षा आठको परीक्षाको नतिजा सुधारात्मक रहेको उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले बताए। शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारले विभिन्न पहल कदमी गरेको बताए।

शिक्षा महाशाखा प्रमुख भण्डारीले गत वर्षको भन्दा यस वर्ष नतिजा सुधारोन्मुख रहेको बताए। उनले गत वर्ष १७ प्रतिशत उत्तीर्ण प्रतिशत रहेको नतिजा यस वर्ष ३३ प्रतिशत पुगेको बताए। यो अवस्थाले पनि सुधार भएको देखिन्छ उनले भने।

ताजा समाचार

थप समाचार