Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

गहवामाई माताको दोस्रो डोली यात्रा भव्य रूपमा सम्पन्न, हजारौँ भक्तजनको उत्साहजनक सहभागिता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२३ चैत । बीरगन्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरबाट चैते दसैंको पावन अष्टमीका अवसरमा शनिबार गहवामाई माताको दोस्रो डोली यात्रा अत्यन्तै भव्य र श्रद्धामय वातावरणमा सम्पन्न भएको छ। धार्मिक आस्था, परम्परा र भक्ति भावनाले भरिएको यो यात्रामा हजारौँ श्रद्धालु भक्तजनको उत्साहजनक सहभागिता देखिएको छ।

गहवामाई मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको डोली यात्रा स्थानीयदेखि बाहिरी क्षेत्रबाट आएका भक्तजनका लागि विशेष आकर्षण बनेको थियो। समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार यात्राको तयारी विगत महिनादेखि नै सुरु गरिएको थियो र कार्यक्रमलाई सफल बनाउन कुनै कसर बाँकी राखिएको थिएन।

शनिबार दिउँसो २ बजे मन्दिर परिसरमा विशेष पूजा–आराधना गर्दै डोली र निशानलाई विधिपूर्वक यात्रा सुरु गरिने तयारी गरिएको थियो। त्यसपछि अपराह्न ४ बजे औपचारिक रूपमा डोली यात्रा प्रारम्भ भयो। डोली यात्रा वीरगञ्जको २ नम्बर रोड, बिर्ता मन्दिर, अलखीयामठ, महावीरस्थान हुँदै माईस्थान चोकको परिक्रमा गर्दै पुनः मन्दिर फर्किएको थियो।

यस वर्षको यात्राको मुख्य आकर्षण गहवामाई माताको तस्बिर अङ्कित निशान वितरण थियो, जसका लागि समितिले ३५० रुपैयाँ शुल्क तोकेको थियो। गत वर्ष ६५० वटा निशान वितरण भएको स्मरण गर्दै अध्यक्ष साहले यसपटक सहभागिता अझै बढेको र भक्तजनमा माताप्रतिको श्रद्धा गहिरिएको बताएका छन्।

डोली यात्राको क्रममा मन्दिर परिसर र यात्रा मार्गभर भक्तजनको घुँइचो लागेको थियो। भजन–कीर्तन, माताको जयकार र धार्मिक नृत्यले वातावरणलाई पूर्ण रूपमा भक्तिमय बनाएको थियो।

कार्यक्रमको सफल समापनपछि साँझ मन्दिर प्राङ्गणमा विशेष महाआरतीको आयोजना गर्ने तयारी गरिएको छ। आयोजकले महाआरतीलाई दिनभरको धार्मिक उत्सवको चरम बिन्दुका रूपमा प्रस्तुत गर्ने योजना बनाएको छ।

कार्यक्रमको सफलतामा योगदान पु¥याउने सम्पूर्ण भक्तजन, सहयोगी र आयोजक टोलिप्रति आभार व्यक्त गर्दै अध्यक्ष साहले आगामी वर्षहरूमा यस्ता धार्मिक परम्परालाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका छन्। साथै, उनले सबै श्रद्धालुलाई एकताका साथ सहभागी भई गहवामाई माताको कृपाको अनुभव गर्न आह्वान गरेका छन्।

ताजा समाचार

थप समाचार