Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

भोलिदेखि सुरु हुने नेपाल बार एशोसिएशन निर्वाचनको मतगणना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२४ चैत । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न भएको निर्वाचनको मतगणना भोलि सोमबारदेखि सुरु हुने भएको छ। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतपेटिकाहरू आज बेलुकासम्म काठमाडौं आइपुग्ने छन्।

बारको नयाँ कार्यसमिति चयनका लागि कुल ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मतदान भएको थियो। २५ सदस्यीय कार्यसमितिका लागि ५७ जनाले उम्मेदवारी दिएका छन्। काठमाडौं उपत्यका र बाहिर गरी ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन्। प्राडा मिश्रको समूहबाट महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन्।

ताजा समाचार

थप समाचार