Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

जनमत र नाउपा एकता वार्ता बर्दियामा जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२४ चैत । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच पार्टी एकीकरणका लागि बर्दियामा वार्ता जारी छ। शनिबारदेखि सुरु भएको बैठकले एकता प्रक्रियालाई अन्तिम रूप दिन थालेको जनमत पार्टीका नेताहरूले बताएका छन्।

बर्दियामा चलिरहेको बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नाउपाका संरक्षक रेशम चौधरी सहभागी छन्। कार्यदलले तयार पारेको प्रारम्भिक खाकालाई आधार बनाएर शीर्ष तहमा राजनीतिक सहमति जुटाउने प्रयास भइरहेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए।

एकतापछि बन्ने नयाँ पार्टीको नेतृत्व संरचनाबारे दुईवटा विकल्पमा छलफल भइरहेको छ। पहिलो प्रस्तावअनुसार अध्यक्षमा डा. राउत, सहअध्यक्षमा रञ्जिता श्रेष्ठ र संरक्षकमा रेशम चौधरी रहनेछन्। अर्काे प्रस्ताव अनुसार दुई अध्यक्ष प्रणाली ल्याउने र कार्यकारी अधिकारसहित पहिलो बरियतामा राउत र दोस्रो बरियतामा श्रेष्ठ रहने कुरा पनि छलफलमा छ।

एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने प्रस्तावमा सहमति नजिक पुगेको जनाइएको छ। त्यसैगरी, नाउपाको चुनाव चिन्ह ‘ढकिया’लाई नै अपनाउनेबारे पनि जनमतले सहमति जनाएको छ।

एकता वार्ताका लागि जनमतबाट अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी सहभागी छन् भने नाउपाबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डंगौरा कार्यदलमा छन्। बर्दियामा जारी यो बैठक कार्यदलको दोस्रो चरणको छलफल हो।

दुवै पार्टीका नेताहरूका अनुसार, एकताको अधिकांश विषयमा सहमति भइसकेको छ र अब छिट्टै औपचारिक घोषणा हुने सम्भावना छ।

ताजा समाचार

थप समाचार