Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

सगरमाथा आरोहणका लागि अनुमति वितरण सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २४ चैत । वसन्त ऋतु सुरु भएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति दिन पर्यटन विभागले धमाधम प्रक्रिया अगाडि बढाएको छ। विभागका अनुसार हालसम्म ७ आरोहण समूहका १७ महिला र ६० पुरुषले सगरमाथा चढ्न अनुमति लिइसकेका छन्।

पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार, सगरमाथासहित साना–ठूला गरी २९ हिमाल चढ्न कूल १९८ जना आरोहीलाई अनुमति दिइएको छ। तीमध्ये अन्नपूर्ण–१ मा ६ आरोहण समूहका ६६ जना, अन्नपूर्ण–५ मा ८ जना, मकालु र ल्होत्सेमा क्रमशः १५–१५ जनाले अनुमति लिएका छन्।

सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण तीव्र गतिमा भइरहेको छ। तर पछिल्ला दुई दिनदेखि खुम्बु क्षेत्रमा प्रतिघण्टा ३५ किलोमिटरको तीव्र गतिमा हावा चलेपछि कार्यमा अवरोध आएको छ। ‘आइसफल डाक्टर’ टोलीले ह्याङगिङ एरियामा भर्‍याङ राख्ने र किला ठोक्ने काम गरिरहेको छ।

हालसम्म ४ वटा भर्‍याङ र १२ वटा किला ठोकिएको र २२०० मिटरमध्ये ११०० मिटर मार्ग निर्माण सम्पन्न भइसकेको विभागले जनाएको छ। बाँकी कार्यका लागि मौसम अनुकूल हुने प्रतिक्षा गरिएको छ।

मार्ग निर्माणको जिम्मेवारी सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) लाई दिइएको छ भने चुचुरोसम्मको रोप फिक्सिङको व्यवस्थापन एट्के एक्सपिडिसन कम्पनी मार्फत गरिनेछ। आरोहण मार्गमा डोरी टाँग्ने (rope fixing) काम पर्वतारोहण सञ्चालक संघको जिम्मामा छ।

वसन्त याम सगरमाथा चढ्नको लागि अत्यन्त अनुकूल मानिन्छ। यसै कारण यस सिजनमा दर्जनौं देशका आरोही सगरमाथा चढ्न नेपाल आउने गर्दछन्। मौसमले साथ दिएमा यो सिजनमा सफल आरोहणको संख्या उल्लेखनीय हुने अनुमान गरिएको छ।

ताजा समाचार

थप समाचार