Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

गुजरात टाइटन्सको लगातार तेस्रो जित, हैदराबादको चौथो हार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ चैत ।  इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले लगातार तेस्रो जित हासिल गरेको छ। आइतबार भएको खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै विजयी यात्रा निरन्तरता दिएको हो।

हैदराबादलाई लगातार चौथो हारका साथ घर फर्काउने क्रममा गुजरातले १५३ रनको लक्ष्य १६.४ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्‍यो। कप्तान शुभमन गिलको अविजित ६१ रनको शानदार पारीले गुजरातलाई जित दिलायो, भने वासिङटन सुन्दरले ४९ र शेरफन रदरफोर्डले ३५ रनको योगदान दिए।

हैदराबादको लागि मोहम्मद शामीले २ विकेट लिए भने कप्तान प्याट कमिन्सले १ विकेट लिएका थिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएको थियो। नितिश रेड्डीले सर्वाधिक ३१ रन बनाएका थिए, जबकि हेनरिच क्लासेनले २७ रनको योगदान दिए। कप्तान कमिन्स २२ रनमा अविजित रहे।

गुजरातको बलिङमा मोहम्मद सिराजले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए भने प्रसिद्ध कृष्णा र साइ किशोरले २-२ विकेट लिए।

यस जितसँगै गुजरात टाइटन्सले ४ खेलमा ६ अंक जोडेर अंकतालिकामा दोस्रो स्थानमा आफ्नो स्थान बनाएको छ, भने ५ खेलमा २ अंक मात्र हासिल गरेको हैदराबाद १०औं स्थानमा यथावत् रहेको छ।

ताजा समाचार

थप समाचार