Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

भुटानी कृषिमन्त्री काठमाडौं आइपुग्दा, भारतीय मन्त्री भोलि आउने

spot_img

काठमाडाैं,२५ चैत । बिमस्टेक (BIMSTEC) सदस्य राष्ट्रका कृषि मन्त्रीहरूको तेस्रो बैठक भोलिबाट काठमाडौंमा सुरु हुँदैछ। उक्त बैठकमा सहभागी हुन भुटानका कृषि तथा वन मन्त्री युन्टेन फुन्सो सोमबार बिहान पारोबाट काठमाडौं आइपुगेका छन्। उनी डु्रक एअरको नियमित उडानमार्फत बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।

यसै बैठकमा सहभागी हुन भारतका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान भोलि (मंगलबार) साँझ काठमाडौं आउने कार्यक्रम रहेको छ। नेपाल वायुसेवाको उडानमार्फत उनी भोलि साँझ सवा ६ बजे नयाँ दिल्लीबाट काठमाडौं आइपुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेय पनि भोलि साँझ पौने ६ बजे ढाकाबाट बिमान बंगलादेशको उडानमा काठमाडौं आउने छन्।

उल्लेखनीय छ, बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखहरूको उच्चस्तरीय सम्मेलन गत शुक्रबार थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न भएको थियो। अब त्यसैको निरन्तरता स्वरूप कृषि क्षेत्रमा सहयोग र समन्वयका विषयमा काठमाडौंमा मन्त्रीस्तरीय बैठक हुँदैछ।

spot_img

ताजा अपडेट

लोकप्रिय