Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

रवि लामिछाने भैरहवा कारागार चलान, अब फैसला नआएसम्म थुनामा रहने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,२५ चैत । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीको भैरहवा स्थित जिल्ला कारागारमा पठाइएको छ। सुप्रिम सहकारी प्रकरणमा अदालतको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा चलान भएका हुन्।

- Advertisement -

लामिछानेलाई गत शुक्रबार राति काठमाडौंस्थित निवासबाट पक्राउ गरिएको थियो। त्यसपछि चैत २३ गते बिहान ९:१२ बजे यति एअरलाइन्सको उडानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका थिए। सरकारी विदाका कारण दुई दिन हिरासतमा बिताएका उनलाई आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर थुनुवा पुर्जी दिइएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार अब अदालतको अन्तिम फैसलासम्म लामिछाने भैरहवा कारागारमै रहने छन्।

- Advertisement -

गत शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतको १ करोड धरौटीमा छाड्ने आदेश बदर गर्दै थुनाको आदेश दिएको हो।

जिल्ला अदालतको धरौटी आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले धरौटी वा थुनाको विकल्प मुद्दाको प्रकृति, घटनाको अवस्था, पीडितको अवस्था लगायतका विभिन्न पक्षलाई विचार गर्दै थुनामै राख्नुपर्ने निष्कर्ष निकालेको हो।

ताजा समाचार

spot_img

थप समाचार