वीरगन्ज,२५ चैत । वीरगन्जकाे न्युरो एन्ड जनरल हस्पिटलका सञ्चालक तथा वरिष्ठ न्युरो सर्जन डा. श्यामबाबु पटेललाई मधेश साहित्य महोत्सव समारोहमा सम्मानित गरिएको छ।


उक्त कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाद्वारा डा. पटेललाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको हो।
डा. पटेललाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानप्रति कदर गर्दै महोत्सवमा सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ। सम्मानपछि डा. पटेलले यस्तो पहिचानले आफूलाई अझ जिम्मेवार बनाएको प्रतिक्रिया व्यक्त गरे।