Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू कालो मास्कसहित सडकमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ चैत । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै राजधानी केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले आज (सोमबार) कालो मास्क लगाएर शान्तिपूर्ण तर सशक्त प्रदर्शन गरेका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनलाई थप प्रभावकारी बनाउन आजदेखि देशव्यापी शैक्षिक हडतालको घोषणा गरिएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार सरकारले बारम्बार बेवास्ता गरेपछि चैत २० गतेदेखि सुरु भएको आन्दोलनलाई थप तीव्रता दिन हडतालको बाटो रोजिएको हो।

यद्यपि सरकार वार्ता र संवादको तयारीमा देखिएको भए पनि महासंघले हालसम्म कुनै पनि पहललाई स्वीकार गरेको छैन। महासंघमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित विभिन्न राजनीतिक धारका शिक्षक संगठन, निजी विद्यालय शिक्षक युनियन, र विद्यार्थी–कर्मचारी संघसमेत आवद्ध छन्।

शैक्षिक हडतालका कारण देशभरका करिब ३४ हजार सार्वजनिक तथा निजी विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुने भएको छ। यसले करिब ७० लाख बालबालिकाको शैक्षिक तयारीमा असर पार्नेछ भने, एसईईमा सहभागी पाँच लाख विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ हुने प्रष्ट देखिएको छ।

चैत महिना नयाँ शैक्षिक सत्रको सुरुआत, नतिजा प्रकाशन तथा भर्ना प्रक्रिया अघि बढाउने संवेदनशील समय भएकाले आन्दोलनको प्रभाव अझ गहिरो हुने देखिएको छ।

यसअघि २०८० असोजमा पनि शिक्षकहरूले काठमाडौंमा तीन दिन लामो आन्दोलन गरेका थिए। त्यसबेला सरकारले विद्यालय शिक्षा ऐन पारित गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको थियो। तर विधेयक पारित गर्न ढिलाइ हुनु र पुराना सहमतिहरू ऐनमा स्पष्ट समावेश नहुनुका कारण अहिले पुनः आन्दोलन गर्नु परेको शिक्षकहरूको गुनासो छ।

ताजा समाचार

थप समाचार