spot_img

मेयर साम्पाङ र मन्त्री यादवबीच सिंहदरबारमा भेटवार्ता

spot_img
spot_img

काठमाडौँ,२५ चैत । खानेपानी समस्या समाधानका लागि धरान उपमहानगरपालिका सक्रिय भएको छ। उपमहानगर प्रमुख हर्कराज राई ‘साम्पाङ’ले खानेपानी सुधारका लागि बजेट माग गर्दै सोमबार सिंहदरबारमा खानेपानी मन्त्री प्रदीप यादवसँग भेटवार्ता गरेका छन्।

मन्त्रालयमा भएको छलफलका क्रममा मेयर साम्पाङले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि धरानमा खानेपानी सुधार परियोजनामा बजेट विनियोजन गर्न औपचारिक पत्रमार्फत आग्रह गरे।धरानमा दिगो, प्रभावकारी र सर्वसुलभ खानेपानी आपूर्तिको आवश्यकता औंल्याउँदै उनले मन्त्री यादवको ध्यानाकर्षण गराएका हुन्।

भेटमा मन्त्री यादवले प्रस्तुत मागलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिँदै आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन्।

धरान उपमहानगरमा लामो समयदेखि खानेपानीको अभाव हुँदै आएको छ। यस्तै समस्याको समाधानका लागि मेयर साम्पाङले बारम्बार संघीय सरकारसँग पहल गर्दै आएका छन्। स्थानीय तहको तर्फबाट गरिएका प्रयासहरूलाई केन्द्र सरकारको साथ र स्रोत सहयोग आवश्यक रहेको मेयरको भनाइ छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय