Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

रक्सौल-वीरगन्ज आवतजावत गर्ने कारमा तस्करीको टायर फेला

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२५ चैत । सशस्त्र प्रहरीले वीरगन्जबाट भारतीय नम्बर प्लेटको एउटा कारलाई अवैध सामानसहित बरामद गरेको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज भन्सार कार्यालयमा खटिएको सुरक्षाकर्मीको टोलीले बीआर ३३ एएल ९५९७ नम्बरको भारतीय सुजुकी कार नियन्त्रणमा लिएको हो ।

- Advertisement -

रक्सौलबाट वीरगन्ज र वीरगन्जबाट रक्सौल आवतजावत गर्ने क्रममा उक्त कारले पटक–पटक विभिन्न वस्तुहरूको अवैध ओसारपसार गरिरहेको भन्ने सूचना प्राप्त भएपछि चेकजाँच गरिएको थियो । चेकिङ्गको क्रममा कारमा तस्करीको टायर फेला परेको थियो ।

कारमा अस्थायी पैठारी प्रज्ञापन पत्र र गाडीको दर्ताको कागजपत्र समेत फेला नपरेपछि थप खानतलासीमा कारभित्र १५ हजार रुपैयाँ मूल्य बराबरको ३ वटा नयाँ टायर बरामद भएको सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए ।

- Advertisement -

उक्त कार चेकिङ्ग भइरहेको बेला सवारी चालक भने गाडी छाडेर फरार भएको सशस्त्र प्रहरीको भनाई छ । नियन्त्रणमा लिइएको कार र टायरसहित कुल २५ लाख १५ हजार रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

ताजा समाचार

spot_img

थप समाचार