Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

प्रधानमन्त्री ओली आज मधेश प्रदेश सभामा सम्बोधन गर्दै

spot_img

जनकपुर,२६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश सभामा सम्बोधन गर्न आउने कार्यक्रम तय भएको छ। बिहान ११ बजे आयोजित प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु अघि मुख्यमन्त्री, सभामुख र नेकपा एमालेका प्रदेश संसदीय दलका नेतासँग संक्षिप्त भेटघाट गर्ने कार्यक्रम छ। त्यसपछि उनी हेलिकोप्टरमार्फत सिरहास्थित सैनिक क्याम्पको भ्रमण गर्ने तयारीमा छन्।

सिरहाको लहानस्थित शहीद हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेपछि, प्रधानमन्त्री ओली लहानकै सूर्यनारायण सत्यनारायण मौरवेत्ता यादव क्याम्पसको चौरमा आयोजित आमसभालाई सम्बोधन गर्नेछन्। यो आमसभा दिउँसो १ बजेपछि सुरु हुनेछ।

प्रधानमन्त्री ओलीको आजको कार्यक्रम सकेपछि, उनी हेलिकोप्टरमार्फत दिउँसो साढे ३ बजे राजधानी काठमाडौँ फर्कने छन्। भोलि उनी ताप्लेजुङ जाने कार्यक्रम राखिएको छ, जहाँ केबलकार निर्माणको विवादबारे अवलोकन र छलफल गर्ने तयारी गरिएको छ।

प्रधानमन्त्री ओलीले सातै प्रदेश सभामा सम्बोधन गर्ने आफ्नो योजना अनुसार आज मधेश प्रदेशमा सम्बोधन गर्न आएका हुन्। यसअघि उनले अन्य प्रदेशमा पनि सम्बोधन गरिसकेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय