काठमाडौं,२६ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले शिक्षकहरूको आन्दोलनलाई वार्तामार्फत समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।


एक प्रेस विज्ञप्ति जारी गर्दै यादवले शिक्षासम्बन्धी नीति, योजना, ऐन र कार्यक्रमहरूको पुनरावलोकन गरी व्यापक परिवर्तन ल्याउने आवश्यकता औंल्याए। उनले भने, “शिक्षा क्षेत्रका विकृति, विसङ्गति, अराजकता र अन्योलता अन्त्य गर्न अत्यन्तै जरुरी छ, र यसका लागि सरकारको सक्रिय कदम आवश्यक छ।”
यादवले थपे, “मुलुकको विकास र भविष्यको आधार शिक्षा हो। शिक्षा क्षेत्रमा देखिएका समस्याहरूको समाधान गरेर गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष्य हुनुपर्दछ।”

उपेन्द्र यादवले शिक्षकहरूको मागलाई प्राथमिकता दिन र वार्तामार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।