Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

वार्तामार्फत शिक्षकका माग सम्बोधन गर्न उपेन्द्र यादवको सुझाव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले शिक्षकहरूको आन्दोलनलाई वार्तामार्फत समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।

एक प्रेस विज्ञप्ति जारी गर्दै यादवले शिक्षासम्बन्धी नीति, योजना, ऐन र कार्यक्रमहरूको पुनरावलोकन गरी व्यापक परिवर्तन ल्याउने आवश्यकता औंल्याए। उनले भने, “शिक्षा क्षेत्रका विकृति, विसङ्गति, अराजकता र अन्योलता अन्त्य गर्न अत्यन्तै जरुरी छ, र यसका लागि सरकारको सक्रिय कदम आवश्यक छ।”

यादवले थपे, “मुलुकको विकास र भविष्यको आधार शिक्षा हो। शिक्षा क्षेत्रमा देखिएका समस्याहरूको समाधान गरेर गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष्य हुनुपर्दछ।”

उपेन्द्र यादवले शिक्षकहरूको मागलाई प्राथमिकता दिन र वार्तामार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

ताजा समाचार

थप समाचार