काठमाडौं, २६ चैत । नेपाल सरकारले मुलुकमा मातृ र नवजात शिशु मृत्युदर घटाउन महत्वपूर्ण सफलता प्राप्त गरेको छ। संयुक्त राष्ट्रसंघको हालैको प्रतिवेदनमा यो सफलता सार्वजनिक गरिएको छ।


नेपालमा हालैका वर्षहरूमा मातृ मृत्युदर उल्लेखनीय रूपमा घटेको छ। प्रतिलाख जीवित जन्ममा १४२ जना आमाको मृत्यु हुने गरेको छ, जुन सन् २००० को तुलनामा ७१ प्रतिशत कम भएको हो। राष्ट्रिय जनगणना २०७८ अनुसार यो दर १५१ मा पुगेको थियो।
नवजात शिशु मृत्युदर पनि घटेर प्रतिएक हजारमा १६.६ जना पुगेको छ, जबकि आर्थिक सर्वेक्षण २०७९/८० अनुसार यो दर २१ थियो। सन् २०३० सम्म नवजात शिशु मृत्युदरमा १२ प्रतिशतको कमी ल्याउने लक्ष्य राखिएको छ।

यद्यपि, प्रतिवेदनले प्रदेश र जिल्लाबीचको स्वास्थ्य असमानताले धेरै महिलालाई गुणस्तरीय प्रसूति सेवाबाट वञ्चित गरिरहेको बताएको छ। २००० देखि २०२3 सम्ममा मातृ मृत्युमा ४० प्रतिशतले कमी आएको भए पनि २०१६ पछि सुधारको गति सुस्त भएको देखिन्छ।
संयुक्त राष्ट्रसंघको प्रतिवेदनले विश्वव्यापी मातृ मृत्युदरको वार्षिक घटावमा समस्या रहेको उल्लेख गरेको छ। सन् २०२३ मा २ लाख ६० हजार महिलाले गर्भावस्था वा प्रसूति जटिलताका कारण ज्यान गुमाएका छन्। प्रतिवेदनले वार्षिक १५ प्रतिशतको घटावका अपेक्षामा अहिले यो मात्र १.५ प्रतिशतको स्तरमा रहेको जनाइएको छ।