Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १२० जनाले सेवा पाए

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,३० चैत । उपकार सेवा नेपाल, लायन्स क्लब वीरगन्ज सेन्ट्रल र मारवाडी महिला मञ्च वीरगन्जकाे संयुक्त आयोजना तथा श्री राम अस्पताल वीरगन्जकाे प्राविधिक सहयोगमा वीरगन्ज महानगरपालिका वडा नम्बर २३ को सबैठवा धर्मशालामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

- Advertisement -

प्रसूति रोग विशेषज्ञ डाक्टर द्वय प्रीति यादव र दीप्ति यादवको उपस्थितिमा सञ्चालन भएको उक्त शिविरमा जम्मा १२० जनाले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा आएका आवश्यकता भएका सम्पूर्ण बिरामीहरूलाई निःशुल्क औषधि समेत उपलब्ध गराइएको थियो।

डाक्टर प्रीति यादवका अनुसार स्वास्थ्य परीक्षण गराएकामध्ये ३५ प्रतिशत महिलामा पाठेघरको समस्या देखिएको थियो। त्यस्तै, ५ प्रतिशत गर्भवती महिला र ५ प्रतिशतमा महिनावारी सम्बन्धी समस्या भएका युवतीहरू थिए। शिविरमा तीन जना महिलामा आङ खसेको समस्या समेत फेला परेको उनले जानकारी दिइन्।

- Advertisement -

उक्त कार्यक्रममा उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, सदस्यहरू पद्मा देवी सरावगी र सुमन बगेडिया, लायन्स क्लब वीरगन्ज सेन्ट्रलकी सेक्रेटरी आशा अग्रवाल, जोन चेयरमेन कविता हलान, मारवाडी महिला मञ्च वीरगंजकी कोषाध्यक्ष चित्र पटवारी, सचिव अर्चना शर्मा, सदस्यहरू लता छपोलिया, पूनम सिंघानिया र निर्मला भाङ्गर लगायत वडा नम्बर २३ का वडाध्यक्ष अवध किशोर कुश्वाहा र स्वास्थ्य चौकी प्रमुख बबन प्रसाद सिंहको उपस्थिति रहेको थियो।

वडाध्यक्ष कुश्वाहाले आयोजक संस्थाको सम्पूर्ण टीम तथा डाक्टरहरूलाई टीका, माला र खादा लगाई स्वागत तथा सम्मान गरेका थिए भने उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले वडाध्यक्षलाई टीका, माला र खादा लगाई सम्मान गरेकी थिइन्।

यस निःशुल्क स्वास्थ्य शिविरले वडा नम्बर २३ का स्थानीय बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न महत्वपूर्ण योगदान पु¥याएको छ। आयोजकहरूले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने बताएका छन्।

ताजा समाचार

spot_img

थप समाचार