काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा रोल्पाका प्रतिनिधिसभा सांसद ईश्वरी घर्ती मगरले संघीय संसदको भूमिका नीति निर्माणमै सीमित हुनुपर्ने धारणा राखेकी छन् ।
उनको अनुसार, सांसदहरू बजेटको बाँडफाँटमा भन्दा पनि दीर्घकालीन नीति र विधि निर्माणमा सक्रिय हुनुपर्ने समय आएको छ।
“सांसदको मुख्य कर्तव्य भनेको नीति बनाउने हो, योजनाको भागबण्डा गर्ने होइन,” घर्तीले स्पष्ट भनिन्, “राष्ट्रिय गौरवका योजनाबाहेक अरु योजनामा संसदको प्रत्यक्ष संलग्नता हुनु उपयुक्त हुँदैन।”
उनले संसदको मूल कार्यप्रणाली नै संविधानअनुकूल नीति निर्माण र कार्यान्वयनको निगरानीमा केन्द्रित हुनुपर्नेमा जोड दिइन्।



