Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

मन्त्री यादवकाे छड्के जाँचमा मेलम्ची विकास समितिमा १६ कर्मचारी अनुपस्थित

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, ३१ चैत । खानेपानी मन्त्री प्रदीप यादवले शुक्रबार मन्त्रालय मातहतका कार्यालयहरूमा छड्के अनुगमन गरेका छन् । कर्मचारीहरुको अनियमित उपस्थिति सम्बन्धी बढ्दो गुनासोपछि मन्त्री यादव सचिव प्रमिला देवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरीसहितको टोली लिएर विभागस्तरीय अनुगमनमा निस्किएका हुन्।

- Advertisement -

छड्के निरीक्षण मेलम्ची खानेपानी विकास समिति र खानेपानी तथा ढल व्यवस्थापन विभागका सम्पूर्ण शाखामा गरिएको थियो। अनुगमनका क्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागमा सबै कर्मचारी उपस्थित रहेको पाइएको छ भने मेलम्ची खानेपानी विकास समितिमा भने १६ जना कर्मचारी अनुपस्थित भेटिएको मन्त्रालयका सहसचिव पुरीले जानकारी दिए।

“मन्त्रीज्यूको छड्के जाँचमा मेलम्ची विकास समितिमा १६ कर्मचारी अनुपस्थित रहेको भेटियो,” सहसचिव पुरीले भने।

- Advertisement -

साथै, छड्के अनुगमनपछि मन्त्री यादवले कार्यसमयको पालना सुनिश्चित गर्न स्पष्ट निर्देशन दिएका छन्। बिद्युतिय हाजिरी प्रणालीको अभाव भएकाले बैशाख २ गतेदेखि मेलम्ची विकास समितिमा अनिवार्य इलेक्ट्रोनिक हाजिरी प्रणाली लागू गरिने र कार्यालय समयमा कामका लागि बाहिर जानु परेमा लकबुक प्रणाली अनिवार्य गरिने जानकारी दिइएको छ।

मन्त्री यादवले हाजिरीमा रहेका कर्मचारीहरूसँग कार्यसम्बन्धी समस्या र सुझावबारे छलफल गर्दै कर्मचारीको उत्तरदायित्व र सेवा प्रवाहमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

ताजा समाचार

spot_img

थप समाचार