spot_img

मन्त्री यादवकाे छड्के जाँचमा मेलम्ची विकास समितिमा १६ कर्मचारी अनुपस्थित

spot_img
spot_img

काठमाडौँ, ३१ चैत । खानेपानी मन्त्री प्रदीप यादवले शुक्रबार मन्त्रालय मातहतका कार्यालयहरूमा छड्के अनुगमन गरेका छन् । कर्मचारीहरुको अनियमित उपस्थिति सम्बन्धी बढ्दो गुनासोपछि मन्त्री यादव सचिव प्रमिला देवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरीसहितको टोली लिएर विभागस्तरीय अनुगमनमा निस्किएका हुन्।

छड्के निरीक्षण मेलम्ची खानेपानी विकास समिति र खानेपानी तथा ढल व्यवस्थापन विभागका सम्पूर्ण शाखामा गरिएको थियो। अनुगमनका क्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागमा सबै कर्मचारी उपस्थित रहेको पाइएको छ भने मेलम्ची खानेपानी विकास समितिमा भने १६ जना कर्मचारी अनुपस्थित भेटिएको मन्त्रालयका सहसचिव पुरीले जानकारी दिए।

“मन्त्रीज्यूको छड्के जाँचमा मेलम्ची विकास समितिमा १६ कर्मचारी अनुपस्थित रहेको भेटियो,” सहसचिव पुरीले भने।

साथै, छड्के अनुगमनपछि मन्त्री यादवले कार्यसमयको पालना सुनिश्चित गर्न स्पष्ट निर्देशन दिएका छन्। बिद्युतिय हाजिरी प्रणालीको अभाव भएकाले बैशाख २ गतेदेखि मेलम्ची विकास समितिमा अनिवार्य इलेक्ट्रोनिक हाजिरी प्रणाली लागू गरिने र कार्यालय समयमा कामका लागि बाहिर जानु परेमा लकबुक प्रणाली अनिवार्य गरिने जानकारी दिइएको छ।

मन्त्री यादवले हाजिरीमा रहेका कर्मचारीहरूसँग कार्यसम्बन्धी समस्या र सुझावबारे छलफल गर्दै कर्मचारीको उत्तरदायित्व र सेवा प्रवाहमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय