spot_img

महामन्त्री विश्वप्रकाशद्वारा सात बुँदामा सरकारको कार्यशैलीप्रति असहमत

spot_img
spot_img

काठमाडाैं, ३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असहमति जनाउँदै सात बुँदे आलोचना सार्वजनिक गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय प्रक्रियामा उनले तीव्र असन्तोष व्यक्त गरेका हुन्।

बुधबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत शर्माले सरकारको कामशैलीलाई “नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब” भन्दै समर्थनयोग्य नरहेको टिप्पणी गरे।

उनको भनाइमा, दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार सन्तोषजनक गति दिन असफल भएको छ। “सरकार अलमल बाहिर होइन, अनुभूतिमा देखिनुपर्छ,” भन्दै उनले सरकार सञ्चालनको शैली परिवर्तनको खाँचो औंल्याए।

महामन्त्री शर्माले निम्न सात बुँदामा सरकार असफल भएको जिकिर गरेका छन्:

१. सामाजिक सञ्जाल विधेयक — नियमनको नाममा नियन्त्रणको नियत देखिन्छ, संवादविनै ल्याइएको विधेयक अनुचित।
२. कुलमान प्रकरण — कांग्रेसभित्रको फरक मत र आम जनमतको बेवास्ता, जनआक्रोश थप्ने लापरबाही।
३. शिक्षक आन्दोलन — समाधान हुनसक्ने बुँदामा समेत ढिलासुस्ती, संवाद र निर्णयमा सरकार चुकेको।
४. अख्तियार सम्बन्धी विधेयक — समितिको काम रोकिएको, निर्देशित रूपमा होल्ड गराइनु अनुचित।
५. त्रिवि उपकुलपति प्रकरण — पदत्यागपछि पनि सुधार नभएको, विश्वविद्यालयमा बेथिति कायमै।
६. राष्ट्र बैंक गभर्नर नियुक्ति — महत्त्वपूर्ण नियुक्ति लम्बिनु सरकारको निर्णय क्षमतामाथि प्रश्न।
७. नेपाल प्रहरी एआइजी नियुक्ति — रिक्त दरबन्दी महिनौंदेखि अलमलमा, नेतृत्व चयनमा ढिलाइ।

महामन्त्री शर्माले सरकारलाई पुनः लयमा ल्याउँदै गति बढाउन आग्रह गर्दै, साझा जिम्मेवारीमा गम्भीरता देखाउन पनि चेतावनी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय