Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगंजमा तनाव, ग्रामीण क्षेत्रमा तस्करी र तस्करको रजगज

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज, ४ वैशाख –  पर्साको सदरमुकाम वीरगंजमा दुई समूहबीच भएको झडपपछि कर्फ्यू तथा निषेधाज्ञा जारी रहँदा जिल्लाको ग्रामीण क्षेत्रका नाकाहरुबाट खुलेआम तस्करी बढेको छ। प्रहरी युनिटका प्रमुख तथा इन्चार्जहरूलाई वीरगंज केन्द्रित गरिएपछि सीमावर्ती ग्रामीण इलाकामा व्यापक रुपमा तस्करी भइरहेको स्रोतले जनाएको छ।

- Advertisement -

पर्साको पश्चिमी सिमावर्ती क्षेत्रबाट राजस्व छली गर्दै खुलामखुल्ला तस्करी भइरहेको दाबी गरिएको छ। अलौ, सिर्सिया, अमरपट्टी, प्रसौनीभाठा, धोरे, सबैठवा, असवारी, पाण्डेपुर, जानकी टोला, भिस्वाबन्जारी, ठोरी लगायतका नाकाबाट पछिल्लो एक हप्तामा करोडौं मूल्य बराबरको सामान तस्करी गरेर नेपाली बजारमा भित्र्याइएको बताइएको छ।

जिल्लामा शान्ति सुरक्षाको अवस्था कमजोर भएको मौकामा, प्रहरी युनिटहरूलाई वीरगंज खटाइएपछि तस्करी बढेकाे हाे । तस्करी कार्यमा प्रहरीकाे समेत मिलाेमताे रहेकाे स्राेतकाे दावी छ ।  तत्कालीन प्रहरी प्रमुख कुमोद ढुंगेलको पालादेखि तस्करीको केन्द्रका रूपमा चिनिएको अमरपट्टी नाकाबाट पछिल्लो समयमा सबैभन्दा बढी तस्करी भइरहेको जानकारी प्राप्त भएको छ।

- Advertisement -

तस्करीमा खाद्यान्न सामग्री, हार्डवेयर, सटिङ-सुटिङ कपडा, थान कपडा, कबाड, बोइलर कुखुरा, चल्ला, रजनीगन्धा,गँहु, भैंसी तथा रङ्गा समेत खुलामखुल्ला तस्करी भइरहेको स्रोतको दाबी छ।

पछिल्लो एक महिनामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रा तथा सशस्त्र प्रहरी १३ नं गण वीरगंजका प्रमुख राधेश्याम धिमाल सहितका टोलीले तस्करीबाट मोटो रकम उठाएको आरोप समेत लागेको छ।

शान्ति सुरक्षाको अवस्था जोगाउन असफल देखिएको शान्ति सुरक्षा समितिका अंगहरू स्वयं तस्करीको दुनियाँबाट लाभ लिएको स्राेतकाे दावी छ । वीरगंजको अस्थिर सुरक्षा अवस्था, राजस्वको क्षति, र तस्करीको मौलाएको अवस्थामा नागरिकहरूको सरकारी संयन्त्रप्रतिको विश्वास कमजोर हुँदै गएको देखिन्छ।

स्रोतका अनुसार, तस्करीमा ठूला व्यापारिक घराना देखि साना तस्कर र ‘पोके’ तस्करहरू समेत सक्रिय रहेका छन्।

तर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले भने प्रहरी तस्करीमा संलग्न नरहेको स्पष्ट पार्दै भने, “वीरगंजमा तनाव उत्पन्न भएपछि सबै युनिटका प्रमुख तथा इन्चार्जहरूलाई केन्द्रमा बोलाइएको हो। यस मौकाको फाइदा उठाएर तस्करहरूले गतिविधि बढाएका हुन सक्छन्।”

उनले तस्करी नियन्त्रणमा नेपाल प्रहरी कडाइका साथ लागेको भन्दै, सिमानाकामा भइरहेका अवैध कारोबारबारे सम्बन्धित युनिटहरूसँग थप जानकारी संकलन गरिने जानकारी दिए। साथै, पर्सा प्रहरी कुनै तस्करी सेटिङमा नसलग्न रहेको दाबी पनि उनले दोहोर्याए।

ताजा समाचार

spot_img

थप समाचार