Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

जनकपुर प्रादेशिक अस्पतालमा नर्सको अभाव, सेवा प्रभावित

spot_img

जनकपुर, ५ वैशाख । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित जनकपुर प्रादेशिक अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै जाँदा नर्सको अभावले सेवा प्रवाह प्रभावित भएको छ।

अस्पतालमा दैनिक १२ सयदेखि १३ सयसम्म बिरामी आउने गरेका छन्। तर, ती बिरामीको स्याहार–सुसारका लागि आवश्यक संख्या अनुसार स्टाफ नर्स उपलब्ध छैनन्। अस्पतालका निर्देशक डा. रामनारायण पण्डितका अनुसार चिकित्सक संख्या पर्याप्त भए पनि बिरामीको नियमित हेरचाहमा नर्सहरूको कमी गम्भीर चुनौती बनिरहेको छ।

“प्यासेन्ट केयरमा नर्सहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ,” डा. पण्डितले भने, “तर अहिले हाम्रो अस्पतालमा नर्सको संख्या निकै कम भएकाले सेवा प्रवाहमा अप्ठ्यारो भइरहेको छ।”

हाल अस्पतालमा मात्र १२० जना स्टाफ नर्स कार्यरत छन्। अस्पताल सञ्चालन मापदण्ड अनुसार ७५० कर्मचारी आवश्यक भए पनि हाल ५०० जनामात्र कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ। तत्काल ५० जना नर्स थप गर्न सकिएमा सेवा सुधारमा ठूलो राहत मिल्ने पण्डितको भनाइ छ।

अस्पतालले केही महिनाअघि नर्स पदपूर्तिका लागि आवेदन खुलाएको थियो। तर, स्रोतका अनुसार मधेस प्रदेश सरकारबाट भएको राजनीतिक हस्तक्षेपका कारण भर्ना प्रक्रिया रोकिएको छ।

हाल तीन सय शय्याको अस्पताल सरकारले, विकास समितिले र प्रतिष्ठानले संयुक्त रूपमा सञ्चालन गरिरहेको छ। १४० सरकारी दरबन्दीमध्ये ९० मा मात्र पदपूर्ति भएको छ भने बाँकी दरबन्दी रिक्त छन्। आन्तरिक स्रोतबाट थप २५० कर्मचारी व्यवस्थापन गरिएको छ भने प्रतिष्ठानले आफ्नै खर्चमा थप १०० शय्या र ३०० जनाको दरबन्दी विस्तार गरेको छ।

अस्पताल प्रशासनले नर्सको अभाव हटाउन शीघ्र भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ। मधेस प्रदेशकै प्रमुख स्वास्थ्य सेवा केन्द्र मानिने जनकपुर प्रादेशिक अस्पतालमा देखिएको जनशक्ति संकटले सेवा गुणस्तरमा गम्भीर असर पारिरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय