Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

माग पूरा नभएसम्म कार्यदलको काममा सहभागी नहुने चिकित्सक संघको निर्णय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, ६ वैशाख । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकका माग पूरा नभएसम्म कार्यदलमा सहभागी नहुने निर्णय गरेको छ।

संघले आठौं तह सरहको निर्वाह भत्ता तुरुन्त लागू गर्न र आन्दोलनरत चिकित्सकलाई निसर्त र सुरक्षित रूपमा काममा फर्कन दिने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। सरकारले निजी मेडिकल कलेजमा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने आवासीय चिकित्सकको निर्वाह भत्ताको विषयमा गत वैशाख ३ गते शिक्षा सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो। तर, नेपाल चिकित्सक संघले मागहरू पुरा नभएसम्म कार्यदलको कामकारबाहीमा भाग नलिने निर्णय गर्दै महासचिव डा. सन्जिव तिवारीमार्फत कार्यदललाई जानकारी गराएको हो।

उक्त कार्यदलमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, डा. रमेश कान्त अधिकारी, मेडिकल काउन्सिलका पूर्व अध्यक्ष डा. भगवान कोइराला, आइओएमका पूर्व डीन दिव्यासिंह शाह, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, मेडिकल कलेज एण्ड डेन्टल कलेज एशोसिएसन अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की तथा केयू र आइओएमका डीन पनि सदस्य रहेका छन्। अहिले देशभरका १७ वटा मेडिकल कलेजमा अध्ययनरत दुई हजारभन्दा बढी आवासीय चिकित्सक सरकारले घोषणा गरेको निर्वाह भत्ता कार्यान्वयन नभएको भन्दै दुई हप्तादेखि सडक आन्दोलनमा छन्। संघले सरकारलाई समस्याको शीघ्र समाधान गरी चिकित्सकलाई सुरक्षित रूपमा पेसामा फर्कन दिने वातावरण बनाउनेतर्फ गम्भीर हुन आग्रह गरेको छ।

ताजा समाचार

थप समाचार