Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...

वीरगन्ज–८ मा सयौँ नेता–कार्यकर्ता...

वीरगन्ज,माघ २४ । वीरगन्ज महानगरपालिका–८ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले)...

प्रधानमन्त्री कार्कीले अभिनेता थापाको...

काठमाडौं,२४ माघ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको...
spot_img

धनुषामा विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादी पक्राउ

spot_img

जनकपुर,०६ वैशाख । धनुषा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतबाट सजाय तोकिएर फरार रहेका उनीहरूलाई खोजी गर्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

धनुषा जिल्ला अदालतको आदेशअनुसार कैद तथा जरिवाना तिर्न बाँकी रहेका ती व्यक्तिहरूलाई विशेष सुराकी सूचनाका आधारमा विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

प्रहरीका अनुसार सबै प्रतिवादीहरू कुटपिटसम्बन्धी मुद्दामा दोषी ठहरिएका हुन्।पाँच जनालाई अदालतले एक–एक हजार रुपैयाँ जरिवाना तोकेको थियो, जुन उनीहरूले नतिरेपछि पक्राउ गरिएको हो।

एक जना प्रतिवादीलाई भने ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाले यस्ता फरार अभियुक्तहरूलाई पक्राउ गरी अदालतमा बुझाउने अभियानलाई निरन्तरता दिइरहेको बताएको छ। प्रहरीका अनुसार कानुनी शासनको पालना र अपराधमुक्त समाज निर्माणका लागि यस्ता कारबाही अझ प्रभावकारी ढंगले अघि बढाइनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय