spot_img

रुपन्देहीमा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

spot_img
spot_img

काठमाडौं,०६ बैशाख । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ परसपुरवास्थित सडकमा मोटरसाइलबाट खसेर एक जनाको मृत्यु भएको छ । युपि जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीय राजवन्ती मल्लाहको मृत्यु भएको हो ।

दुर्घटना गम्भीर घाइते भएकी उनको सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । मोटरसाइकल चालक भने फरार छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय