Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

प्रदेश सभाको खारेजी वा आमूल सुधारको बेला आएको छ : स्वर्णिम वाग्ले

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुटवल,०८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले नेपालको संविधानमा अब ‘रेट्रोफिटिङ’ आवश्यक भएको बताएका छन्। सोमबार भैरहवामा आयोजित उद्यमी गोष्ठीमा बोल्दै वाग्लेले अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै यसको समाधानका लागि राजनीतिक प्रणाली र संविधानमै सुधार गर्नुपर्ने धारणा राखे।

- Advertisement -

वाग्लेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, सांसदहरूलाई मन्त्री बन्न नदिने प्रणाली र प्रदेश सभामा आमूल सुधारको खाँचो रहेकोमा जोड दिए।

“८८४ जना सांसद पालिरहनुपर्ने आवश्यकता के हो?,” भन्दै वाग्लेले प्रश्न उठाए, “प्रदेशमै ५५० जना छन्, प्रतिनिधिसभामा २७५ जना। यति सांसद पालेर मुलुक कहाँ पुग्छ?” उनले प्रदेशको संरचना पहिचानका आधारमा कायम राख्दै सांसद संख्या घटाउनु वा आमूल सुधार गर्नु आवश्यक रहेको स्पष्ट पारे।

- Advertisement -

वाग्लेले वर्तमान राजनीतिक प्रणाली अत्यन्त खर्चिलो, बोझिलो र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। “५ देखि ७ करोड खर्च नगरी चुनाव जित्न सकिँदैन,” उनले भने, “त्यसैले प्रणालीमा नै गहिरो सुधार आवश्यक छ।”

उनको तर्कमा लोकतन्त्रको नाममा भइरहेको अभ्यास साँचो अर्थमा लोकतन्त्र नभई केवल आवधिक निर्वाचनमा सीमित कर्मकाण्ड हो। उनले विधिको शासन, शक्ति पृथकीकरण र मौलिक हकको प्रत्याभूतिलाई लोकतन्त्रको साँचो मर्म भन्दै पुराना दलहरूले ती मर्महरूलाई कमजोर पारेको आरोप लगाए।

वाग्लेले अर्थतन्त्रको स्थायित्व अभावको मूल कारण कुशासन र दिशाहीन नीति भएको बताए। रेमिट्यान्समा निर्भरता, उपभोगका लागि अत्यधिक आयात, र लगानी घरजग्गामा सीमित हुनु दीगो आर्थिक विकासको बाधक रहेको उनको भनाइ छ।

“हामीले अब आर्थिक मोडेलमै पुनर्विचार गर्नुपर्छ,” वाग्लेले भने, “अर्थतन्त्र संकटमा छ र त्यो सुधारका लागि राजनीति सुधार आवश्यक छ।”

वाग्लेले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि सरकारी कमजोरीका कारण सञ्चालनमा आउन नसकेको भन्दै गुनासो पोखे। बुद्ध जन्मस्थल लुम्बिनीलाई पोखरासँग जोडेर पर्यटन विकास गर्न सकिने उनले सुझाए। साथै, विमानस्थल सञ्चालनका लागि प्रधानमन्त्रीस्तरबाट भारतसँग कूटनीतिक पहल हुनुपर्नेमा सरकार चुकेको उनले बताए।

ताजा समाचार

spot_img

थप समाचार