Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०९ वैशाख । देशभर हाल स्थानीय वायुराशि र पश्चिमी वायु प्रणालीको आंशिक प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यस प्रणालीको असरले कोशी र गण्डकी प्रदेशका पहाडी भेगहरूमा आंशिक बदली देखिएको छ भने बाँकी धेरैजसो क्षेत्रमा मौसम खुलेको छ।

- Advertisement -

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रमा केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बादल लाग्ने र कतिपय स्थानहरूमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

- Advertisement -

मौसममा आएको यस परिवर्तनका कारण कृषिक्षेत्र, जनजीवन, यातायात, स्वास्थ्य सेवा र हवाई उडानमा असर पर्न सक्ने भएकाले महाशाखाले आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

ताजा समाचार

spot_img

थप समाचार