काठमाडौं,०९ वैशाख । औषधि व्यवस्था विभागले पेटको समस्या उपचार गर्न प्रयोग गरिने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न आदेश दिएको छ। विभागका अनुसार ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामका औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन भेटिएका हुन्।


उक्त ब्याचका औषधिहरू उपभोक्ताको स्वास्थ्यमा नकरात्मक असर पार्न सक्ने सम्भावना भएकाले विभागले यी औषधिहरूको सिफारिस, बिक्री, वितरण र प्रयोग तत्काल बन्द गर्न आग्रह गरेको छ।
औषधि व्यवसायी, फार्मेसी, स्वास्थ्य संस्था तथा सर्वसाधारणलाई विभागले सचेत रहनुका साथै यस्ता औषधिको प्रयोगबाट जोगिन विशेष ध्यान दिन अनुरोध गरेको छ।