Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जस्थित नारायणी अस्पतालमा वैशाख अन्त्यसम्म क्याथ ल्याब सेवा सुरु हुने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०९ वैशाख । बीरगन्जस्थित नारायणी अस्पतालले वैशाख महिनाको अन्त्यसम्ममा क्याथ ल्याब (Cath Lab) सेवा सुरु गर्ने तयारी गरिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आठ संघीय अस्पतालमा नयाँ १५ सेवा विस्तार कार्यक्रम अन्तर्गत यो सेवा नारायणी अस्पतालमा प्रारम्भ गर्न लागिएको हो।

- Advertisement -

क्याथ ल्याब, अर्थात् क्याथेटराइजेसन ल्याबोरेटरी, मुटु रोगको जाँच र उपचारका लागि अत्याधुनिक प्रविधियुक्त विशेष कक्ष हो। यसमार्फत मुटुका रक्तनलीमा स्टेन्ट हाल्ने, पेसमेकर जडान गर्ने, भल्भ मर्मत वा प्रतिस्थापनजस्ता जटिल उपचार गर्न सकिने हुन्छ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार, यो सेवा सुरु भएपछि पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर लगायत मधेस प्रदेशका बिरामीहरूले स्थानीयमै गुणस्तरीय मुटु उपचार सेवा पाउने छन्। साथसाथै सीमावर्ती भारतीय क्षेत्रका बिरामीलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ।

- Advertisement -

क्याथ ल्याब सञ्चालनपछि सरकारी अस्पतालमै निजी अस्पतालको तुलनामा कम खर्चमा सेवा उपलब्ध हुनेछ। न्यूनतम चिरफार हुने उपचार विधिले बिरामीको रिकभरी छिटो हुने र अस्पतालमा बस्ने समय पनि छोटिनेछ। कार्डियोलोजिस्ट, कार्डियाक सर्जन र प्रशिक्षित नर्सहरूको टोलीले सेवा दिनेछ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, “यो कदम स्वास्थ्य सेवा सुधारतर्फको महत्वपूर्ण उपलब्धि हो, जसले मधेस प्रदेशका नागरिकलाई सुलभ र गुणस्तरीय मुटु उपचारमा पहुँच पुर्‍याउनेछ।”

सरकारले २०७५ सालमै नारायणी अस्पताललाई विशेषज्ञ सेवासहितको टर्सरी अस्पताल बनाउने निर्णय गरिसकेको छ। क्याथ ल्याबको सुरुआतले यस योजनालाई बलियो बनाउनेछ। साथै, यो सेवा स्वास्थ्य बिमा योजनामा समेटिएमा गरिब र विपन्न वर्गका बिरामीलाई पनि विशेष राहत मिल्नेछ।

 

ताजा समाचार

spot_img

थप समाचार