Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

९ महिनामा ६ लाखभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विदेशिए

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०९ वैशाख । चालु आर्थिक वर्ष २०८१र८२ को ९ महिना ९साउन–चैत० मा काम खोज्दै ६ लाख ७ हजार ८ सय ७४ युवा विदेशिएका छन् ।

- Advertisement -

वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्र ७३ हजार ४ सय ३ युवाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म यो संख्या ५ लाख ३४ हजार ४ सय ७१ थियो । तथ्यांक अनुसार यस वर्ष औसत मासिक ६७ हजार ५ सय ४१ युवाले कामको खोजीमा देश छाडेका छन् । दैनिक औसत यो संख्या २२५१.३८ हुन आउँछ ।

यस वर्ष साउनमा ५९ हजार ५ सय ७५ जना विदेशिएको तथ्यांक छ । भदौमा ५७ हजार ४ सय ९३, असोज ५३ हजार ५ सय २५, कात्तिक ७० हजार ९ सय ९०, मंसिर ८४ हजार २ सय २६ र पुसमा ६७ हजार २ सय ५८ जना विदेशिएका थिए ।
त्यस्तै माघमा ७२ हजार ४ सय ४१ र फागुनमा ६८ हजार ९ सय ६३ तथा चैतमा ७३ हजार ४ सय ३ युवाले श्रम स्वीकृति लिएका छन् । चाडबाड लगत्तै नेपाली बढी विदेश जाने गरेको ट्रेन्ड दोहोरिएको छ ।

- Advertisement -

यस वर्ष सबैभन्दा धेरै नेपालीको गन्तव्य यूएई रहेको छ । चैत २०८१ मा मात्र २३ हजार ६ सय ७१ युवाले यस मुलुकका लागि श्रम स्वीकृति लिएको देखिन्छ ।

योसँगै ९ महिनामा यूएई जाने नेपालीको संख्या १ लाख ९६ हजार ९ सय २१ जना रहेको छ । यस वर्ष कुल १ सय ८ देशमा नेपाली श्रम स्वीकृति लिएर गएको देखिएको छ । यस वर्ष दोस्रो स्थानमा साउदी अरब र तेस्रो स्थानमा कतार छ ।
त्यसपछि मलेसिया र कुवेत लोकप्रिय गन्तव्यमा पर्छन् । यस वर्ष मलेसियाबाट नयाँ माग नआउँदा नेपालीको संख्या घट्दो टे«न्डमा रहेको छ । साइप्रस, बहराइन, जापान, कोरिया, रोमानिया, ओमान सहित देशमा धेरै नेपाली कामको खोजीमा पुगेका छन् ।

नेपालबाट विदेशिनेमध्ये अर्धदक्ष कामदारको बाहुल्य छ । यद्दपि, अदक्ष कामदारको विदेश यात्रा अझै रोकिन सकेको छैन । चैत महिनामा मात्र विदेशिएका ७३ हजार ४ सय ३ मध्ये २१ हजार ६ सय ९५ युवा अदक्ष छन् ।

अर्धदक्ष युवा ४२ हजार ४ सय ५४ छन् । दक्ष कामदार संख्या ८ हजार ८ सय ९९ छ । व्यावसायिक कामदार २ सय ७७ र अतिदक्ष कामदार ७८ जनाले मुलुक छाडेको तथ्यांकमा देखिन्छ ।

ताजा समाचार

spot_img

थप समाचार