Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

निर्वाचन सुरक्षाका लागि हातहतियार...

रौतहट,०७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष,...

रौतहटमा लागूऔषधसहित भारतीय नम्बरका...

रौतहट,०७ माघ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न...

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

एमाले बीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्वका लागि मतदान जारी, दुई उम्मेदवारबीच प्रतिस्पर्धा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०९ वैशाख । नेकपा (एमाले) बीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया अहिले जारी रहेको छ। बीरगन्जस्थित कन्ट्री इन पार्टी प्यालेसमा मंगलबार बिहान ८ः३० बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म सञ्चालन हुने बताइएको छ।

अध्यक्ष मण्डलका संयोजक तथा एमाले मधेस प्रदेशका उपाध्यक्ष विचारी यादवका अनुसार, नेतृत्व चयनका लागि चैत ३० गते नै उम्मेदवारी दर्ता भए पनि विविध कारणले गर्दा सो दिन मतदान हुन सकेको थिएन।

महानगर कमिटीको अध्यक्ष पदमा अहिले सुन्दर कुर्मी र नवराज शर्मा बीच कडा प्रतिस्पर्धा देखिएको छ। यस्तै, उपाध्यक्ष, सचिव, सहसचिवसहित ८३ पदका लागि मतदान भइरहेको छ।

कूल २५६ जना प्रतिनिधिहरूले मतदानमा सहभागी हुने जानकारी अध्यक्ष मण्डलका संयोजक यादवले दिएका छन्। मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ भने मतगणना र परिणाम आजै साँझ सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

ताजा समाचार

थप समाचार