Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

५० दरका ४२ करोड...

काठमाडौं, २६ कात्तिक । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइका...

जसपा नेपालले थप्यो पाँच...

काठमाडौँ,२७ कातिक । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो संगठन विस्तार गर्दै पाँच...

कटहरियामा दुई दिनभित्र दुई...

रौतहट,२७ कातिक । रौतहटको कटहरिया नगरपालिका क्षेत्रमा दुःखद घटना घटेको छ । दुई...

गृहमन्त्रीले जिम्मेवारी निर्वाह नगर्ने...

काठमाडौँ,२७ कातिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

आई लभ यु होइन, हिसाब देऊ केपी बा भन्नुपर्छ : घनश्याम भूसाल

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले सत्ता गठबन्धनका प्रमुख दलहरूदेखि विपक्षी दलसम्मलाई कडा आलोचना गरेका छन्। लेनिन जयन्ती तथा नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेशवादी दलहरूमाथि प्रहार गरेका हुन्।

भूसालले शिक्षकमाथि भइरहेको आन्दोलनलाई राज्यले बेवास्ता गर्दै शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य पारेको भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पहिलो आलोचना गरे। ‘हाम्रो निरो बाँसुरी बजाएर बस्नु भएको छ, कमरेड ओली,’ उनले टिप्पणी गरे।

पार्टीको आयोजनामा ११ गते हुने शक्ति प्रदर्शनप्रति व्यंग्य गर्दै उनले भने, ‘११ गते आई लभ यु केपी बा भन्ने रे! तर जनताले लोकतन्त्रमा हिसाब माग्नुपर्छ।’

- Advertisement -

सरकारको नेतृत्व गरिरहेको कांग्रेसप्रति पनि उनले गम्भीर टिप्पणी गरे। कांग्रेसलाई उनले ‘न लायक न नालायक’ पार्टीको संज्ञा दिँदै, परिस्थिति अनुसार कांग्रेस लायक वा नालायक देखिने बताए।

माओवादी केन्द्रप्रति त झन् उनको टिप्पणी झन् कटु थियो। ‘नाम माओवादी, तर सिद्धान्त र व्यवहार माओवादी छैन,’ भन्दै उनले माओवादीलाई “लुकिङ लन्डन, टकिङ टोकियो” शैलीको भने। उनले आरोप लगाए, ‘मधेशमा दगुर्दै छ, आँखा भने काठमाडौंको सत्ता पदतिर छ।’

मधेशवादी दलहरू पनि भूसालको आलोचनाबाट अछुतो रहेनन्। उनले क्षेत्रीय पार्टीहरू केन्द्रको समस्या समाधान गर्न असमर्थ भएको टिप्पणी गरे।

भूसालको यो टिप्पणीले सत्ता गठबन्धन भित्र र बाहिर रहेका दलहरूमाथि गम्भीर प्रश्न उठाएको छ।

ताजा समाचार

थप समाचार