काठमाडौं, १० वैशाख । गृहमन्त्री रमेश लेखकले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे आफू अनभिज्ञ रहेको बताएका छन्।


बुधबार सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री र शिक्षामन्त्रीबीच कुरा भएको तर आफूलाई विवरण थाहा नभएको जनाए। उनले सरकारभित्र नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै समस्या नरहेको स्पष्ट पार्दै शिक्षक आन्दोलनका मागप्रति सरकार गम्भीर रहेको बताए।
लेखकले आन्दोलनरत शिक्षकका जायज मागहरू सम्भव भएसम्म तत्काल सम्बोधन गर्न सरकार तयार रहेको जानकारी दिए। उनले सरकार र शिक्षक प्रतिनिधिबीच संवाद भइरहेको र आज पुनः छलफल हुने जानकारी पनि दिए। साथै, नयाँ शिक्षा विधेयक चाँडो पारित गरेर शिक्षकका माग सम्बोधन गर्ने सरकारको तयारी रहेको उनले बताए।