Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

पर्सामा विद्यार्थी भर्ना अभियान ठप्प, पालिकाको निर्देशन बेवास्ता

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० वैशाख । देशभर शिक्षक आन्दोलन चर्किरहेका बेला पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान सुरु नै हुन सकेको छैन। शिक्षा मन्त्रालयले वैशाख २ देखि ७ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि पर्सामा अझै कुनै विद्यालयमा औपचारिक रूपमा भर्ना प्रक्रिया सुरु भएको छैन।

- Advertisement -

वैशाख ७ मा बीरगन्जमा बसेको बैठकमा जिल्लाका पालिका प्रमुख, उपप्रमुख तथा शिक्षा शाखा प्रमुखहरूले वैशाख ८ देखि १५ गतेसम्म अनिवार्यरूपमा भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेका थिए। सो निर्णयअनुसार पत्राचार गरिएको भए पनि अधिकांश विद्यालयहरूले अभियान सुरु गर्न मानेका छैनन्।

पर्सागढी नगरपालिकाले समेत सबै विद्यालयलाई अनिवार्य भर्ना अभियान सुरु गर्न वैशाख ७ मा निर्देशन दिएको थियो। तर शिक्षकहरूको आन्दोलनको प्रभावले प्रधानाध्यापकहरू निर्देशन पालना गर्न इच्छुक देखिएका छैनन्। नेपाल शिक्षक महासंघ पर्साले सरकारसँग माग पुरा नभएसम्म सबै शैक्षिक गतिविधि ठप्प पार्न निर्देशन दिएपछि विद्यालयहरू शिथिल अवस्थामा छन्।

- Advertisement -

पर्सागढीका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले निर्देशन उल्लंघन गर्ने विद्यालय तथा विद्यालय व्यवस्थापन समितिमाथि कारबाही गर्ने चेतावनी दिए पनि अहिलेसम्म त्यसको प्रभाव देखिएको छैन। वीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विद्यालयहरूले आन्तरिक रूपमा तयारी गरे पनि बाह्य रूपमा कुनै अभियान नदेखिएको हो।

३५२ विद्यालय निष्क्रिय, ३५ हजार भर्ना प्रक्रिया अलपत्र
पर्सा जिल्लामा १४ स्थानीय तहअन्तर्गत ३५२ सामुदायिक विद्यालय छन्, जहाँ झन्डै १ लाख २७ हजार विद्यार्थी अध्ययनरत छन्। हरेक वर्ष करीब ३५ हजार नयाँ विद्यार्थी भर्ना हुने गरे पनि यसपालिको प्रक्रिया सुरुमै अन्योलमा परेको छ।

शिक्षक आन्दोलन र सरकारी उदासिनताबीच विद्यार्थी भर्ना अभियान अप्ठ्यारो मोडमा पुगेको छ। पालिकाहरूको निर्देशन, चेतावनी र पत्राचार सबैजसो प्रभावहीन देखिएको वर्तमान स्थितिमा समाधान कहिले र कसरी आउला भन्ने अन्योल कायमै छ।

ताजा समाचार

spot_img

थप समाचार