Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

पर्सामा विद्यार्थी भर्ना अभियान ठप्प, पालिकाको निर्देशन बेवास्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० वैशाख । देशभर शिक्षक आन्दोलन चर्किरहेका बेला पर्सा जिल्लाका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान सुरु नै हुन सकेको छैन। शिक्षा मन्त्रालयले वैशाख २ देखि ७ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि पर्सामा अझै कुनै विद्यालयमा औपचारिक रूपमा भर्ना प्रक्रिया सुरु भएको छैन।

वैशाख ७ मा बीरगन्जमा बसेको बैठकमा जिल्लाका पालिका प्रमुख, उपप्रमुख तथा शिक्षा शाखा प्रमुखहरूले वैशाख ८ देखि १५ गतेसम्म अनिवार्यरूपमा भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेका थिए। सो निर्णयअनुसार पत्राचार गरिएको भए पनि अधिकांश विद्यालयहरूले अभियान सुरु गर्न मानेका छैनन्।

पर्सागढी नगरपालिकाले समेत सबै विद्यालयलाई अनिवार्य भर्ना अभियान सुरु गर्न वैशाख ७ मा निर्देशन दिएको थियो। तर शिक्षकहरूको आन्दोलनको प्रभावले प्रधानाध्यापकहरू निर्देशन पालना गर्न इच्छुक देखिएका छैनन्। नेपाल शिक्षक महासंघ पर्साले सरकारसँग माग पुरा नभएसम्म सबै शैक्षिक गतिविधि ठप्प पार्न निर्देशन दिएपछि विद्यालयहरू शिथिल अवस्थामा छन्।

पर्सागढीका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले निर्देशन उल्लंघन गर्ने विद्यालय तथा विद्यालय व्यवस्थापन समितिमाथि कारबाही गर्ने चेतावनी दिए पनि अहिलेसम्म त्यसको प्रभाव देखिएको छैन। वीरगन्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विद्यालयहरूले आन्तरिक रूपमा तयारी गरे पनि बाह्य रूपमा कुनै अभियान नदेखिएको हो।

३५२ विद्यालय निष्क्रिय, ३५ हजार भर्ना प्रक्रिया अलपत्र
पर्सा जिल्लामा १४ स्थानीय तहअन्तर्गत ३५२ सामुदायिक विद्यालय छन्, जहाँ झन्डै १ लाख २७ हजार विद्यार्थी अध्ययनरत छन्। हरेक वर्ष करीब ३५ हजार नयाँ विद्यार्थी भर्ना हुने गरे पनि यसपालिको प्रक्रिया सुरुमै अन्योलमा परेको छ।

शिक्षक आन्दोलन र सरकारी उदासिनताबीच विद्यार्थी भर्ना अभियान अप्ठ्यारो मोडमा पुगेको छ। पालिकाहरूको निर्देशन, चेतावनी र पत्राचार सबैजसो प्रभावहीन देखिएको वर्तमान स्थितिमा समाधान कहिले र कसरी आउला भन्ने अन्योल कायमै छ।

ताजा समाचार

थप समाचार