Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

बारामा दुई स्थानमा आगलागी, दुई लाख बराबरको क्षति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १० वैशाख । बाराको दुई फरक स्थानमा भएको आगलागीका कारण करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटना मंगलबार र बुधबार जितपुर सिमरा उपमहानगरपालिका र महागढीमाई नगरपालिकामा भएको हो।

जितपुर सिमरा उपमहानगरपालिका–२३, ताजपुरस्थित एक गोठघरमा विद्युत् सर्ट भई आगलागी हुँदा एक बाख्रा, एक भैँसी र एक पाडा सामान्य घाइते भएका छन्। साथै गहुँ, प्याज र लसुन जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

त्यस्तै महागढीमाई नगरपालिका–४, दहियार टोलमा पनि गोठघरमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक बाख्रा, टेन्ट सामग्री र गोठ पूर्णरूपमा जलेको छ। उक्त घटनामा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

दुबै स्थानमा आगो प्रहरी चौकी परवानीपुर, गंजभवानीपुरबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको हो।

ताजा समाचार

थप समाचार