Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

काठमाडौं महानगरको राजस्व ७ अर्ब नाघ्यो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७ अर्ब २१ करोड ६२ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्षको तुलनामा यसपटक घरबहाल कर र सम्पत्ति कर शीर्षकमा उल्लेखनीय वृद्धि देखिएको छ।

- Advertisement -

महानगरका राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार, चालु आर्थिक वर्षमा घरबहाल करबाट २ अर्ब ११ करोड ६५ लाख रुपैयाँ संकलन गरिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २५ करोडभन्दा बढी हो।

त्यस्तै, सम्पत्ति करतर्फ पनि १५ करोडभन्दा बढी वृद्धि भएको छ। गत वर्ष ७९ करोड संकलन भएकोमा यस वर्ष ९४ करोड ७५ लाख रुपैयाँ संकलन गरिएको छ।

- Advertisement -

अधिकारीले राजस्व वृद्धिको कारणबारे बताउँदै भने, “व्यवसाय कर टोलीलाई नियमित रूपमा परिचालन गरिरहेका छौँ। साथै, राजस्व कार्यालयसँग समन्वय गर्दै करदाताको विस्तृत विवरण महानगरको डेटाबेसमा समेटेका छौँ।”

यससँगै अन्य शीर्षकमा पनि केही वृद्धि देखिएको छ — पर्यटन शुल्कबाट १ करोड ६७ लाख, शिफारिस दस्तुरबाट ७१ लाख, प्रशासनिक जरिवाना र दस्तुरबाट ३९ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ।

तर, सबै क्षेत्रमा वृद्धि देखिएको छैन। नक्सा पास दस्तुर र अन्य प्रशासनिक सेवा शुल्कतर्फ राजस्व घटेको देखिन्छ। नक्सा पास दस्तुर गत वर्षको तुलनामा २० करोड रुपैयाँ कम संकलन भएको छ, जसको कारण सहरमा भवन निर्माणका लागि स्थान कम हुँदै जानु हो भनेको अधिकारीको तर्क छ।

त्यस्तै, हनुमानढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत पनि आयमा वृद्धि भएको छ। गत वर्ष १४ करोड संकलन गर्ने कार्यक्रमले यो वर्ष १५ करोड ७८ लाख रुपैयाँ संकलन गरेको छ।

ताजा समाचार

spot_img

थप समाचार