Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जमा कर तिर्ने अभियान सुरु, नतिर्नेलाई जरिवाना र कानुनी कारबाहीको चेतावनी

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१५ वैशाख । “समयमै कर तिरौं, जिम्मेवार नागरिक बनौं” भन्ने नारासहित बीरगन्ज महानगरपालिकाले कर तिर्ने अभियान औपचारिक रूपमा सुरु गरेको छ। आजदेखि व्यवसाय कर, सम्पत्ति कर र घरबहाल कर तिर्न नागरिकलाई प्रेरित गर्न यो अभियान अगाडि बढाइएको हो।

- Advertisement -

महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा सुरु भएको अभियानको पहिलो चरणमा घण्टाघर–लिंकरोड क्षेत्रमा टोली परिचालन गरियो। टोलीमा महानगरका कर्मचारी, राजश्व शाखाका प्रतिनिधि र स्वयंसेवकहरू सहभागी थिए, जसले घर–पसलमा पुगेर करको जानकारी दिने, कर नतिर्नेहरूको सूची तयार गर्ने र समयमै कर तिर्न आग्रह गर्ने कार्य थालेका छन्।

कर नतिर्नेहरूलाई के कारबाही?
महानगरले स्पष्ट रूपमा चेतावनी दिएको छ— कर नतिर्ने वा लुकाउनेहरूमाथि जरिवाना र कानूनी कारबाही गरिनेछ। नगरको आम्दानी वृद्धि बिना पूर्वाधार विकास सम्भव नहुने भन्दै, कर तिर्ने संस्कार निर्माणमा महानगर जुटेको हो।

- Advertisement -

महानगर प्रमुख सिंहले भने, “ बीरगन्जलाई समृद्ध बनाउने हो भने हाम्रै योगदान जरुरी छ। कर तिर्ने संस्कृति बिना हामी सुन्दर नगर बनाउने सपना देख्न सक्दैनौं।”

कर तिर्न सजिलो बनाउने उपाय
महानगरले कर तिर्ने प्रक्रियालाई सहज बनाउन सहायता कक्ष स्थापना गरेको छ, जसले नागरिकलाई परामर्श र सहयोग सेवा दिनेछ। साथै, अनलाइनमार्फत कर तिर्न सकिने प्रणालीलाई अझ प्रभावकारी बनाउन सुधारको तयारी भइरहेको बताइएको छ।

सूचना अभियान पनि सँगै
सचेतनामूलक गोष्ठी, पम्प्लेट वितरण, माइकिङ, एफएम रेडियो र अनलाइन प्लेटफर्ममार्फत कर सम्बन्धी जानकारी फैलाउने कार्य पनि सुरु गरिनेछ।

ताजा समाचार

spot_img

थप समाचार