Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

पर्सामा वडा अध्यक्षले घुसमा २ कठ्ठा ६ धुर जग्गा आमाको नाममा पास गराएको खुलासा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज, १४ बैशाख – पर्सामा दोहोरो नागरिकता लिएका व्यक्तिको जग्गा बिक्री गर्न सिफारिस दिने क्रममा एक वडा अध्यक्षले २ कठ्ठा ६ धुर जग्गा घुसस्वरूप लिएको खुलासा भएको छ। पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र कुमार सिंहले भारत तथा नेपाल दुवै देशको नागरिकता लिएका एक स्थानीय व्यक्तिसँग घुसस्वरूप जग्गा लिएर आफ्नी आमाको नाममा पास गराएका छन्।

- Advertisement -

बिगत लामो समयदेखि छिपहरमाई गाउँपालिका वडा नं. २ मा बसोबास गर्दै आएका दरोगा मिश्रले नेपाल र भारत दुवै देशको नागरिकता लिएका थिए। भारतीय कागजातअनुसार उनी नरकटियागञ्ज साठीबाट भारतीय नागरिक हुन् र भारतमा मतदानसमेत  गर्दै आएका छन् ।

यो जानकारी पाएपछि वडा अध्यक्ष सिंहले भुमिसुधार तथा मालपोत कार्यालय, पोखरियामा पत्र काटेर दरोगा मिश्रको ९ कठ्ठाभन्दा बढी जग्गा रोक्का गराएका थिए। रोक्का फुकुवा गराउन वडा अध्यक्षले मिश्रसँग घुसस्वरूप जग्गा मागेका थिए। ठूलाे सम्पत्ति नोक्सान हुने डरले दरोगा मिश्रले सो जग्गामध्ये २ कठ्ठा ६ धुर ८ कन्वा जग्गा वडा अध्यक्षको आमा सैल देवी राजपुतको नाममा पास गरिदिएका थिए।

- Advertisement -

दरोगा मिश्रले किता नं. २७६ को १५ धुर र किता नं. ९५९ को ८ कठ्ठा १२ धुर जग्गा बिक्री गर्न खोजेका थिए। तर वडा अध्यक्षले सिफारिस नमानेपछि किता नं. ९५९ बाट २ कठ्ठा र किता नं. २७६ बाट ६ धुर ८ कन्वा जग्गा घुसस्वरूप सैल देवी राजपुतको नाममा बैशाख ३ गते पास गराइएको हो।

घटनालाई मूर्तरूप दिन वडा अध्यक्षले स्थानीय दलाल र नेताहरूको सहयोग लिएको स्रोतले दाबी गरेको छ। वडा अध्यक्ष र दरोगा मिश्रबीच सहमति भएपछि जग्गा फुकुवा गरिएको थियो। बैशाख ३ गते जग्गा राेक्का फुकुवाकाे सिफारिस गरेका भएकाे र साेहि दिन घुसस्वरूपको  वडा अध्यक्षकाे आमाको जग्गा पास  गरिएको आवश्यक कागजातहरूले देखाएका छन्।

वडा अध्यक्षले घुस लिएकाे  उक्त जग्गाको मूल्य १२ लाख रुपैयाँभन्दा बढी रहेको छ। स्थानिय अगुवाहरूले यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमाणसहित उजुरी दिने तयारी गरेका छन्।

घटनाबारे जानकारी लिन खोज्दा गाउँपालिका अध्यक्ष मनोज गुप्ताले घटना सत्य भएको स्वीकार गर्दै दोषीमाथि कडा कारवाही हुनुपर्ने बताएका छन्। उनले नियम विपरीत कार्य गर्ने वडा अध्यक्ष कारवाहीको भागी बन्ने बताए।

स्रोतका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी गणेेश अर्याललाई पनि घटनाबारे जानकारी छ। यद्यपि, राजनीतिक दबाबका कारण विवाद समाधान गर्न दबाब परेको बुझिएको छ। प्रमुख जिल्ला अधिकारी अर्यालले छिपहरमाई गाउँपालिकाको विवादास्पद जग्गा प्रकरण बिषयमा कुरा आएकाे भए पनि आवश्यक कारवाहीकाे लागि मालपोत कार्यालय पोखरियाले पत्र पठाइएकाे बताए । त्यसपछिकाे घटना क्रम आफुलाइ जानकारी भएकाे प्रजिअ अर्यालले बताए ।

हाल वडा अध्यक्ष सिंहले ६ लाख  प्रति कठ्ठा भन्दा माथी जाने जग्गा बिक्री गराउन आफै दलाल बनेकाे बुझिनमा आएको छ । उनले ४ लाख प्रति कठ्ठामा आफ्नै नातेदारमार्फत जग्गा बिक्रि गर्न जग्गा धनीलाइ दबाब दिइरहेको स्रोतको दाबी छ। सुरुमा खरिदका लागि अघि बढेका आमोद महतो केवट वडा अध्यक्षकै कारण पछि हटेका छन्।

स्थानियहरूले स्पष्ट रुपमा दोषी देखिएका वडा अध्यक्ष सिंहलाई तत्काल निलम्बन गरी सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। घुस प्रकरणकाे बिषयमा वडा अध्यक्ष सिंहसँग कुरा गर्दा  आरोप झुठो रहेको तथा आफुले कुनै घुस नलिएको बताए । जग्गा धनी २०३३ साल पहिलादेखि नै नेपालमा वस्दै आएको तथा उनको बंशज नागरिकता रहेको वडा अध्यक्ष सिंहको भनाई छ ।

जग्गाको रोक्का गरिएको सम्बन्धमा उनले बाटोको बिषयमा बिवाद रहेको कारण जग्गा रोक्का गरिएको वताउँदै बिवादित व्यक्तिहरुसँग सहमती भइसकेपछि जग्गा रोक्का फुकुवा गरिएको बताए । जग्गा धनीले भारतमा नागरिकता लिए नलिएको बिषयमा आफुलाई जानकारी नभएको वडा अध्यक्ष सिंहले नेपाल पोष्ट डेलीलाई बताए ।

ताजा समाचार

spot_img

थप समाचार